लकडाउन खुलेको दुई हप्तापछि एसईई हुन्छः शिक्षा मन्त्रालय

लकडाउन खुलेको दुई हप्तापछि एसईई हुन्छः शिक्षा मन्त्रालय

२८ वैशाख, काठमाडौँ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि लिइने जनाएको छ ।

विद्यमान ऐनअनुसार लिखित रूपमा लिइने परीक्षाबाट मात्र एसईईले कानूनी मान्यता प्राप्त गर्नेसमेत अधिकारीले स्पष्ट पारेका छन् । कोरोना भाइरसका कारण पूर्वनिर्धारित तालिकाअनुसार चैत ६ गतेबाट हुने एसईई परीक्षा अघिल्लो साँझ स्थगित गरिएको थियो ।

त्यसयता जनप्रतिनिधि र विज्ञले एसईईलाई फरक मोडबाट हुनुपर्ने बताउँदै आएका छन् । उक्त भनाइले विद्यार्थीलाई अन्योल सिर्जना गरेपछि मन्त्रालयले स्पष्ट पारेको हो । एसईई परीक्षा नगरी आन्तरिक मूल्यांकनबाटै गर्ने भन्ने विषयले विद्यार्थी र अभिभावकलाई अन्योलमा पारेको बुझिएको छ,’ मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले भने, विद्यमान शिक्षा ऐन कानुनअनुसार लिखित परीक्षाबाट मात्र एसईईले मान्यता पाउनेछ ।

आन्तरिक मूल्यांकनबाट एसईईलाई मान्यता दिने हो भने त्यसअघि ऐन संशोधन भएमात्र सम्भव छ । हामी (मन्त्रालय) त्यो बिन्दुमा पुगेका छैनौं ।’ शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आइतबार आयोजना गरेको वेबिनारमा उनले उक्त विचार व्यक्त गरेका हुन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले लकडाउन खुलेको दुई हप्तापछि एसईई र अरु परीक्षा लिइने बताए ।

विद्यमान कानूनअनुसार एसईई परीक्षाको तयारी जहाँ पुगेर रोकिएको त्यहीँबाट अघि बढ्छ,’ कोरोनाको महामारीमा जीवनलाई जोखिममा राखेर परीक्षालाई महत्व नदिइने उल्लेख गर्दै पौडेलले भने, स्थिति सहज भएर लकडाउन खुलेको दुई हप्ताको म्याद राखेर परीक्षार्थीलाई सूचना दिनेछौं । तयारीमै रहनुस् ।’

परीक्षा सम्पन्न भएको ४५ दिनभित्र नतिजा प्रकाशन गरिनेसमेत नियन्त्रक खकुरेलले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.