×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

मंगलबार एकै दिन ८३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय १७

३१ बैशाख २०७७

३१ बैशाख, काठमाडौँ । काठमाडौं उपत्यकाका साथै प्रदेश २ र प्रदेश ५ का विभिन्न जिल्लामा गरी मंगलबार एकै दिन थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी पर्सामा ५७ जनामा संक्रमण देखिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, विश्वविद्यालयलाई अहिले क्वारेन्टाइनस्थल बनाइएको छ । रूपन्देहीमा ९ र कपिलवस्तुमा ८ संक्रमित छन् । महोत्तरी, धनुषा र भक्तपुरमा २र२ तथा काठमाडौं, बारा र सर्लाहीमा १र१ जनामा संक्रमण पुष्टि भएको छ । यी सबैसहित मुलुकमा कुल संक्रमितको संख्या २ सय १७ पुगेको छ । विभिन्न जिल्लाहरूमा संक्रमण बढेसँगै लकडाउन उल्लंघन गर्दै राजधानी भित्रिनेहरूको संख्या पनि बढेको छ ।

गत वैशाख २६ र २७ गते संकलित नमुना परीक्षण हुँदा पर्सामा थप ५७ जनामा कोभिड पोजिटिभ देखिएको हो । वीरगन्जमा यसअघि ३ जना भारतीय मुस्लिम धर्म प्रचारकसहित २५ जनामा कोरोना पुष्टि भइसकेको छ । गत वैशाख २४ मा वीरगन्ज महानगरपालिका– ३, छपकैयाका एकै परिवारका १७ जनामा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ तीव्र पारिएको थियो । बिहीबार, शुक्रबार र शनिबार गरी ८ सय १४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।

३९ जनामध्ये पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वास्थित श्री मंगल मावि विद्यालयको क्वारेन्टाइनबाट स्वाब संकलन गरिएका १४ जनामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरूसहित ४२ जना गत वैशाख १३ मा बागलुङबाट बस रिजर्भ गरी आएका थिए । गाउँपालिका अध्यक्ष मनोज साहका अनुसार उनीहरू बागलुङको हटियामा काम गर्न गएका थिए । बागलुङबाट आएको थाहा पाएपछि उनीहरूलाई बसबाट सिधै मंगल माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको अध्यक्ष साहले बताए । १४ जना संक्रमितमध्ये धोबनी गाउँपालिकाका २ जना, छिपहरमाईका ११ र १ जना भारतीय नागरिक छन् ।

शनिबार परीक्षणका लागि दिएको स्वाबको नतिजा मंगलबार सार्वजनिक हुँदा धेरैमा संक्रमण फैलिएको आशंका गरिएको छ । नारायणी अस्पतालका चिकित्सकका अनुसार वीरगन्जमा समुदायस्तरमै कोरोना फैलिसकेको छ । संक्रमितहरू वीरगन्जको वडा २, ३, ४, १६, १७ र १८ का छन् ।

बाराको विश्रापुर गाउँपालिका–४, बलिरामपुरका १४ वर्षीय किशोरमा पनि वीरगन्जबाटै संक्रमण भएको खुलेको छ । वीरगन्ज–१६ इनर्वामा उनले खाना पकाउने ग्यास पसल सञ्चालन गर्दै आएका थिए । बलिरामपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जगदीश यादवका अनुसार बलिरामपुरबाट दुई किमिको दूरीमा रहेको पसलमा उनी (संक्रमित किशोर) दिनहुँ घरबाट आउजाउ गरिरहेका थिए ।

वीरगन्ज–१६ का एक ५५ वर्षीयमा कोरोना पुष्टि भएपछि किशोर र उनका बुबाको कन्ट्याक्ट ट्रेसिङका आधारमा ती किशोरको पनि परीक्षण गरिएको थियो । परीक्षणमा किशोरका बुबाको नेगेटिभ र किशोरको पोजिटिभ रिपोर्ट देखिएको यादवले जानकारी दिए । प्रहरीले संक्रमित किशोरको बसोबास रहेको टोललाई सिल गरेको छ । जिल्लामा योसँगै संक्रमितको संख्या ३ पुगेको छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top