३१ बैशाख, विराटनगर ।
लायन्स क्लवअफ विराटनगर प्रोफेसनलले प्रदेश १ सरकारलाई कोरोना भाईरस (कोभिड–१९) को प्रतिरक्षाका लागि चाहिने स्वास्थ्य सामग्री प्रदान गरेको छ । क्लवका प्रतिनिधिहरुले बुधबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई ५० हजार रुपैँया बराबरको पीपीई लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य सामग्री उपलब्ध गराउनका लागि. मिरा गौतम , लिना उपाध्याय, अनिल पोखरेल , अर्जुन बराल , डिल्ली प्रसाईं , सन्जय दाहाल, सनत बराल , मनोज राउत , डा. रबिन्द्र राय , अर्जुन शर्मा , तिलक मास्के , राजेश पराजुली लगायतले सहयोग गरेको लायन्स क्लव अफ विराटनगर प्रोफेसनले जानकारी दिएको छ ।