१ जेष्ठ, काठमाडौं ।
सर्वोच्च अदालतले कोरोनाको सङ्क्रमण नियन्त्रण गर्न तत्काल पीसीआर परीक्षणको दायरा बढाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश डाक्टर मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा तत्काल बढाउन अन्तरिम आदेश जारी गरेका हुन् । सर्वोच्च अदालतले अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो ।