NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने सोमवार असार ३० , २०८२
लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना सोमवार असार ३० , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी सोमवार असार ३० , २०८२
आज कहाँ पर्दैछ ठूलो पानी ?आज कहाँ पर्दैछ ठूलो पानी ? सोमवार असार ३० , २०८२
झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’ आइतवार असार २९ , २०८२
Next
Prev

समाचार

क्वारेन्टाइनमै जन्मिएका जुम्ल्याहा हेरेर पीडा बिर्सिंदैछिन् अनिता

बिहिबार जेष्ठ १ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
क्वारेन्टाइनमै जन्मिएका जुम्ल्याहा हेरेर पीडा बिर्सिंदैछिन् अनिता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ जेठ, दाङ ।

दाङको तुलसीपुरस्थित रक्षाचौरमा रहेको क्वारेन्टाइनमा रहेकी अनिता यादवलाई सुत्केरी व्यथा लागेपछि गत शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा लगियो । अस्पताल पु¥याएलगत्तै जुम्ल्याहा शिशु जन्मिए । जुम्ल्याहा दिदीबहिनी अनिताका पाचौँ र छैटौं सन्तान हुन् । कम तौलमै जन्मिएकाले शिशुलाई सोही दिन तुलसीपुरको तुलसीबाल अस्पताल पठाइयो र हाल अतिसघन कक्ष (एनआइसियु) मा राखेर उपचार भइरहेको छ ।

अहिले अनिता पनि दाङको तुलसीबाल अस्पतालको आइसोलेशन वार्डमा रहेकी छिन् । तुलसीपुर उपमहानगरपालिकाकी ३५ वर्षीया अनिता यादवका ६ दिनअघि जन्मिएका जुम्ल्याहा छोरीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । यसअघि उनका दुई छोरी र दुई छोरा छन् । जुम्ल्याहा छोरीको स्वास्थ्यमा सुधार आएको खबरले अनिताले सुत्केरीपूर्वको लामो तथा कष्टपूर्ण हिँडाइ र त्यो अवस्थाको क्वारेन्टाइन बसाइँका सबै पीडा बिर्सन थालेकी छिन् ।

Advertisement

अनिता भारतको बलरामपुर जिल्लाको विलौनीस्थित माइतीघरबाट पैदलै हिँडेर गत बिहीबार घर आइपुगेकी थिइन् । उनी तीनदिनसम्म १५ किलोमिटर दूरीको जङ्गल हुँदै स–साना पहाड र कच्ची तथा जोखिमपूर्ण बाटो लगातार करिब १२० किलोमिटरको दूरी पैदलै हिँडेर तुलसीपुर उपमहानगरपालिका–१३ स्थित आफ्नो घर पुगेकी हुन् । माइतीबाट यो बाटो एक्लो यात्री बनेर उनी घर पुगेकी थिइन् ।

कोरोना महामारीका कारण भारत र नेपालमा पनि लकडाउनका कारण उनलाई यस्तो सास्ती भएको थियो । गर्भवती अनिता यस्तो जोखिममा हिँडेरै घर त पुग्नुभयो तर घरमा खानपिन गर्न र केही समय आराम गरी बस्न भने पाइनन् । घरभित्र पस्न नपाउँदै गाउँलेले थाहा पाए र भारतबाट आएको भन्दै उपमहानगरपालिकालाई खबर गरिदिए । एकैछिनमा उपमहानगरपालिकाको टोली आयो र उनलाई तुलसीपुरस्थित क्वारेन्टाइनमा लगेर राखियो ।

‘पेटमा जम्ल्याहा रहेछन्, त्यत्रो लामो बाटो हिँडेर आएँ तर घरमा बस्न पाइनँ, भोक लागेको बेला केही खाएर आराम गर्न पनि पाइनँ । त्यति दुःख कष्ट गरी धेरै समयपछि घरमा आइपुगेकी थिएँ, श्रीमान् र छोराछोरीको मुख देख्न पनि पाइन । म निकै रोएँ तर उहाँहरुले सम्झाउनुभयो । पछि यही क्वारेन्टाइनमा ल्याएपछि खाना र बास पाएँ, एकरात आराम पाएँ । त्यो रात कसरी बित्यो मलाई थाहा भएन तीन दिनदेखि हिँडेको र यो अवस्थाको शरीर निकै गलेको रहेछ’, उनले भनिन् ।

शुक्रबार उनलाई सुत्केरी व्यथा लागेपछि राप्ती प्रादेशिक अस्पताल पु¥याइयो । जुम्ल्याहा छोरी जन्मिए । तर निकै कम तौलका जन्मिए । यादव र उनका नवजात शिशुलाई गत शनिबार बिहानै प्रादेशिक अस्पतालले सिफारिस गरी तुलसीबाल अस्पताल पठायो । अहिले दुई सन्तान सोही अस्पतालको एनआइसियुमा छन् भने आफू त्यहीको आइसोलेशन कक्षमा ।

राप्ती प्रादेशिक अस्पतालका प्रसूति रोग विशेषज्ञ डा.विनोद सिंहले भने, ‘उहाँ आफ्नो माइतीघर भारतको बलरामपुरबाट धेरै कष्टपूर्ण पैदल यात्रा गरी आउनुभएको रहेछ । व्यथा लागेपछि अस्पताल ल्याइयो जाँच भयो तर शरीरमा तागत पटक्कै थिएन । रगतको मात्रा निकै कम देखिएपछि शल्यक्रियाको तयारी भयो । रगतको व्यवस्था पनि भयो । तर पछि साधारणरुपमा ९नर्मल डेलिभरी० बाट नै जुम्ल्याहा शिशु जन्मिए ।’

गत माघ महिनाको पहिलो हप्ता श्रीमानसँग सामान्य विवादपछि अनिता माइतीमै बसेकी थिइन् । मसुरो र गहुँ काट्ने समय भएकाले त्यहाँ काम पाएको बताउने अनिताले सुत्केरी हुने समय आएपछि माइतीमा बच्चा जन्माउन हुँदैन भन्ने भयो र चार सन्तानको यादले पनि सतायो । त्यसैले उनी घर फर्किइन् । तर यो बेला पहिलेजस्तो सजिलो थिएन । ‘यस्तो अवस्थामा छु, मानिससँग हारगुहार गरेर पनि जान्छु भन्ने लाग्यो र बाटो लागेँ । घरपरिवारको यादले पनि सताउन थालेपछि हिँडेर भए पनि घरमै जान्छु भनेर निधो गरेर हिँडेको हुँ’, उनले भनिन् ।

उनले भनिन्, ‘जङ्गलको यात्रा गर्दा वन्यजन्तु, सर्पको डरको कुनै प्रवाह गरिनँ, सुत्केरी हुने समय नजिक आएको छ कतै जङ्गलमा व्यथा लागेपछि के गरुँला भन्ने त्रास त थियो तर छिटोछिटो गरी हिँडे । भोक लाग्यो, तिर्खा लाग्यो, खुट्टा भत्भती पोल्न थाले तर पनि कतै नरोकिई सकीनसकी हिँडेरै यहाँ पुगेँ’ तुलसीबाल अस्पालमा उनले भनिन् । पहिलो दिन नौसरा गाउँका एक व्यक्तिको घरमा बास मागेको र त्यसको भोलिपल्ट राप्ती नदी तरेर नजिकै रहेको घरमा बास मागेको बताए । त्यस घरको एक कोठामा एकरात बिताएर तेस्रो दिन आफ्नो घर पुगेको उनले बताइन् ।

‘क्वारेन्टाइनमा ल्याइएको भोलिपल्ट बिहान १० बजे पेट दुख्न थालेपछि जानकारी गराएँ, एकैछिनमा त्यहाँबाट गाडीले प्रादेशिक अस्पतालको प्रसूति कक्षमा लग्यो, त्यहीँ शिशु जन्मिए त्यसपछि यहाँ आएको हो’ उनले बताइन् । तुलसीबाल अस्पताल तुलसीपुरका वरिष्ठ बालरोग विशेषज्ञ डा.किशोर खत्रीले विगत चार दिनदेखि सुत्केरी आमालाई आइसोलेशन र नवजात शिशुलाई एनआइसियुमा राखेर उपचार गरिएको बताए । उनले आमा र जुम्ल्याहा दिदीबहिनीको उपचार शुल्क आफूले नलिने यसअघि नै घोषणा गरिसकेका छन् । अनितालाई क्वारेन्टाइमा नल्याएको भए आमा र शिशुको ज्यानसमेत जोखिममा रहेको डा.खत्रीले बताए ।

सुत्केरी र उनका श्रीमानको अस्पताल बसाइँको खानाको व्यवस्था उपमहानगरपालिकाले गरेको छ । डा.खत्रीका अनुसार दुवै बच्चाको तौल सामान्यभन्दा धेरै कम भएकाले एनआइसियुमा राखेर उपचार गरिएको हो । आज ६ दिनभयो उनीहरु जन्मिएको । अहिलेसम्म दुवै शिशुको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको डा.खत्रीले बताए । त्यस्तै सुत्केरीको पनि आज धैरै सुधार भएको उनको भनाइ छ ।

सुत्केरी अनिताको आइतबार कोरोना भाइरसको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आइसकेको छ भने नबजात शिशुको स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको छ ।

एनआइसियुको दैनिक खर्च १४ हजार लाग्ने भए पनि शिशुले सहजै आमाको दूध चुस्न सक्ने नभएसम्म त्यही राखेर उपचार गरिने डा.खत्रीले बताए । शिशु जन्मेको ६ दिन भयो तर अनिताले अझै ती शिशुलाई आफ्नो काखमा राख्न पाउनुभएको छैन । अस्पतालको आइसोलेशन वार्डमा रहेकी सुत्केरी यादवलाई मङ्गलबार पनि रगत दिइएको थियो । अनिता भन्छिन्, ‘पहिला त म घर बस्न नपाएकामा निकै रोएँ तर त्यो क्वारेन्टाइनमा मलाई नल्याएको भए यति खर्च गरेर कसले सुत्केरी गराउँथ्यो होला र भन्ने लागेको छ । मेरो र जुम्ल्याहा छोरीको ज्यान खतरामा रहेछ । मलाई अहिले डाक्टर नै भगवानजस्तै लागेको छ । उहाँहरुको यो ऋण म कसरी तिरौँ भन्ने लागेको छ ।’

‘यहाँ म अब बोल्नसक्ने हिँडेर शौचालय जान सक्ने भएकी छु । अस्पतालमा स्वास्थ्यकर्मीले पटक पटक आएर हेरविचार, खाना नास्ता दिनुभएकाले राम्रो भएको छ । अहिले यहाँ मत सबै ठीक भएकी छु तर मेरो मनले घरमा रहेका छोराछोरीलाई सम्झिरहेको छ । छिटो सन्चो भएर जानपाए हुनेथियो भन्ने लागेको छ’, उनले भनिन्।

तुलसीबाल अस्पताल यस जिल्लाको बालबालिका तथा प्रसूति सेवाका लागि सुविधासम्पन्न अस्पताल हो । यसका सञ्चालक तुलसीपुर निवासी बालरोग विशेषज्ञ डा खत्रीले देशमा आइपरेको यस्तो असहज परिस्थितिमा पनि यी सुत्केरी र शिशुको ज्यान बचाउन सकेकामा खुशी लागेको बताए । उनले यसअघि पनि यस्ता गरिब तथा निमुखाको उपचार खर्च अस्पतालले मिनाहा गर्ने गरेको सुनाए । यस अस्पतालले यसअघि पनि विपन्न वर्गका नागरिकका बालबालिकालाई निःशुल्क शल्यक्रिया तथा उपचार सेवा दिँदै आएको छ । सो अस्पतालमा अन्य चारजना विशेषज्ञ चिकित्सक पनि कार्यरत रहेका छन् ।

अस्पतालका प्रमुख व्यवस्थापक कमला बस्नेतले यस्तो महामारीको बेलामा विपद्मा परेकालाई सहयोग गर्न पाउँदा अस्पताल परिवार नै खुशी रहेको बताइन् । उनले सुत्केरी हुने दिन नै नजिकिएको एकजना महिला तीन दिनको हिँडाइपछि यसरी जुम्ल्याहा बच्चा जन्माएको समाचार सुन्दा नै आफूलाई निकै पीडाबोध भएको भन्दै यो सबै अवस्था थाहा पाएपछि मानवताको नाताले पनि सहयोग गर्न मन लागेको बताइन् । अस्पतालले आमा र शिशु पूर्णरुपमा स्वस्थ नहुँदासम्म डिस्चार्ज नगर्ने जनाएको छ ।

अनिताका ४५ वर्षीय श्रीमान् तिलकराम यादवले अब जुम्ल्याहा छोरीलाई कसरी पालन पोषण गर्ने भन्ने चिन्ता रहेको बताए । उनले श्रीमती र छोरीहरुको राम्रो स्याहार गर्ने बताए । अनिता मुस्लिम समुदायकी छोरी हुन् । उनका श्रीमान् तिलकराम पनि भारतको बलरामपुरका स्थायी बासिन्दा हुन् । उनीहरुको विसं २०५८ मा बिहे भएको थियो । हाल उनीहरुले तुलसीपुर उपमहानगरपालिकाको–१३ स्थित सास्स खुट्टीको ऐलानी जग्गामा सानो कच्ची घर बनाएर बस्दै आएका छन् ।– नारायणी रजौरे/रासस

लोकप्रीय

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

सोमवार असार ३० , २०८२
लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

सोमवार असार ३० , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सोमवार असार ३० , २०८२

विचार

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

सोमवार असार ३० , २०८२
लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

सोमवार असार ३० , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सोमवार असार ३० , २०८२

थप समाचार

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
अन्तर्राष्ट्रिय

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

सोमवार असार ३० , २०८२
लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना
अन्तर्राष्ट्रिय

लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

सोमवार असार ३० , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी
ताजा समाचार

सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सोमवार असार ३० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आज कहाँ पर्दैछ ठूलो पानी ?आज कहाँ पर्दैछ ठूलो पानी ?

सोमवार असार ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

सोमवार असार ३० , २०८२
लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

सोमवार असार ३० , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सोमवार असार ३० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.