×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

घरभाडाको विषय आपसी समझदारीमा मिलाउन अपिल

५ जेष्ठ २०७७

५ जेष्ठ, पोखरा ।
पश्चिमाञ्चल होटल सङ्घ पोखराले होटल सञ्चालक र घरधनीबीच आपसी समझदारीमा घरभाडा छुटसम्बन्धी विषय टुङ्गोमा पुर्याउन आग्रह गरेको छ ।

सङ्घका तर्फबाट अपिल जारी गर्दै अध्यक्ष विकल तुलाचनले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण अन्य क्षेत्रभन्दा पर्यटन क्षेत्र बढी नै प्रभावित भएको भन्दै भाडाको घरमा सञ्चालित होटल झनै मारमा परेको स्मरण गराएका छन् ।

विषम परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण होटलका घरधनी तथा सञ्चालकबीच मानवीय तथा आपसी भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउँदै सौहार्दपूर्ण तवरले दुवै पक्षको सहमतिमा छुट तथा सहुलियत प्रदान गर्नअपिल गरिएको छ ।

विविध जटिल परिस्थिति पार गर्दै व्यवसाय सञ्चालन गर्दै गर्दा ऐतिहासिक तथा अप्रत्यासित विश्वव्यापीरूपमा देखापरेको कोरोना भाइरसको सङ्क्रमणका कारण सिर्जित विषम परिस्थितिमा होटलका घरधनी र सञ्चालकबीच आपसी समझदारीबाट नै वर्तमान समस्या समाधान गर्नु अहिलेको आवश्यकता भएको अपिलमा भनिएको छ ।

सङ्घसँग सम्बन्धित होटलका घरधनी र होटल सञ्चालकले सशस्त्र द्वन्द्व, नाकाबन्दी, विभिन्न प्रकृतिक प्रकोपको समयमा पनि आपसी समझदारीमा नै व्यवसायलाई निरन्तरता दिँदै आइरहेको सङ्घले स्मरण गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारद्वारा २०७६ चैत्र ११ गतेदेखि हालसम्म बन्दाबन्दी घोषणा गरी कार्यान्वयन हुँदै आएको र यसले होटल व्यवसाय शून्य प्रायः भएको सङ्घले जनाएको छ ।

बन्दाबन्दी खुले पनि तत्काल आन्तरिक पर्यटक हिँडडुल गर्ने स्थिति नरहेको भन्दै अपिलमा रोगको औषधोपचार हालसम्म नभएको र अन्य विविध कारणले केही वर्षसम्म बाह्य पर्यटकको आगमन हुने स्थिति नरहेको आकलन गरिएको छ ।

सबै विषयलाई दृष्टिगत गरी सङ्घले हाललाई असोज मसान्तसम्म व्यवसाय बन्द गर्ने निर्णय गरेको उल्लेख गर्दै अपिलमा यस विषम परिस्थितिमा सबै व्यवसायी एकजुट भई यस अवस्थालाई पार लगाउनुपर्ने भनिएको छ ।

सङ्घले नेपाल सरकार तथा अन्य सम्बन्धित निकायसँग राहत माग गरिरहेको र सम्भवतः अगामी आव ०७७,०७८ को बजेटमा सम्बोधन हुने आशा गरिएको विज्ञप्तिमा भनिएको छ ।(रासस)

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top