५ जेष्ठ, काठमाडौं ।
लकडाउनमा सेनाको बर्दी लगाएर हिँडिरहेको पाइएपछि सैनिक जंगि अड्डाले निगरानी उच्च बढाएको छ।
सेनाले सैनिक व्यक्तिहरुको हिँडडुल र बर्दीको दुरुपयोग गर्नेमाथी निगरानी बढाइएको जनाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका विभिन्न चेकिङ प्वाइन्टहरुसँग समन्वय गरिरहेको सेनाले जनाएको छ।
यसअघि सेनाले सैनिक पोसाक दुरुपयोग गरेको आरोपमा एक जनालाई आइतबार नियन्त्रणमा लिएको छ। दोलखा घर भएका सुशील खड्का सेनाको पोसाक लगाएर सवारी चलाउँदै हिँडिरहेको अवस्थामा पक्राउ परेका थिए। उनी हाल गैह्र सैनिक रहेको सेनाले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा खड्का २०६८ सालमा सैन्य आधार तालिमबाट भागेको सेनाले जनाएको छ। उनी पछिल्लो समय बाँसबारीमा होटल सन्चालन गर्दै आएका थिए। सेनाले खड्कामाथी आन्तरिक कारबाहीको प्रकृया सुरु गरिएको जनाएको छ।