×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

श्रीमतीकै योजनामा विराटनगरका औषधि व्यवसायीको हत्या

५ जेष्ठ २०७७

५ जेठ,विराटनगर ।
विराटनगरका औषधि व्यवसायी देवी प्रसाद दुलालको हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको खुलेको छ ।

इटहरी–१२ खनार घर भई विराटनगर १०स्थित मधुमारामा देवी माँ पाथीभरा फर्मा नामक औषधि पसल सञ्चालन गर्दै आएका दुलालको हत्यामा संलग्न श्रीमती सहित ३ जनालाई प्रहरीले पक्राउगरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार डिजिटल प्रेस मिट गरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकी मृतक देवी प्रसाद दुलालकी श्रीमती मीना श्रेष्ठ दुलाल, सिराहाको लहान नगरपालिका–१० पडहरिया टोल घर भई हाल विराटनगर–४ स्थित बुढाथोकी फार्मेसीमा काम गर्ने २१ वर्षीय ब्रहमदेव साह र इटहरी–१२ बस्ने निर्मल साहका छोरा २० वर्षीय सोनु साहलाई सार्वजनिक गरेको हो ।

Advertisement

३३ वर्षीय दुलालको आइतबार बिहान विराटनगरस्थित शंकास्पद मृत्यु भएको थियो ।आइतबार बिहान रातको ३ बजे देवीप्रसाद दुलाललाई उपचारको लागि विराटनगर गोल्डेन अस्पताल र्पुयाउदा निजको मृत्यू भएको र शव शंकास्पद् रहेको भनी जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी भए पश्चात प्रदेश १ को अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान थालेको थियो । पछिल्लो समय श्रीमान श्रीमतीको राम्रो सम्बन्ध नभएकोले दुलालको देवी पाथीभरा फार्मेसीमा स्टाफकोरुपमा बिगत ४ बर्ष अगाडी देखी काम गर्ने ब्रम्हदेवसँग मिली श्रीमतीले योजना बनाएर श्रीमानको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।

शनिबार रातको साढे १० बजे ब्रह्मदेव साह र सोनु साह मृतक देवी प्रसाद दुलालको डेरा कोठामा आएपश्चात दुलालकी श्रीमतीले ढोका खोलेर दुवै जनालाई घरमाथि पठाएको र सोही रात करिव ११ बजे देवीप्रसाद दुलाललाई सुतेको अवस्थामा उनीहरूले पन्जा लगाई डोरीले घाँटीमा बाँधी मारेको खुल्न आएको उनले बताए । दुलालको मृत्यु पश्चात बिहानको साढे २ बजे श्रीमती मीना श्रेष्ठ दुलालले छिमेकी, घरबेटी र धनबहादुर काफ्लेलाई आफ्नो श्रीमान अचेत अवस्थामा रहेको भनी सम्पर्क गरी बोलाएर उपचारको लागी गोल्डेन अस्पताल लगेको देखिएको एसपी अधिकारीले बताए ।

Advertisement

ब्रम्हदेव साह दुलालकै फार्मेसीमा सात महिना अघि सम्म काम गरेको र उनलाई श्रीमानले निकालेको खुलेको छ । साह र दुलालकी श्रीमतीबीच प्रेम सम्बन्ध रहेको हुन सक्ने भएपनि खुलि नसकेको एसपी अधिकारीले बताए । प्रहरीले घटनास्थलबाट मोवाईल ४ थान,प्रयोग भएको सिमकार्ड ८ थान, एयलमक पाउडरको बट्टा, कपडाको ब्याण्डेज,नाइलनको डोरी २ थान, सर्जिकल पन्जा ८ जोर, घटनास्थलबाट उठएको रगत लागेको बेडकभर, सिरानीको खोल,ब्लयाङकेको टुक्रा, चुडिएको सिक्री बरामद गरेको छ । पक्राउ प्रतिवादीहरूलाई कर्तब्य ज्यान मुद्दा अन्तर्गत थप अनुसन्धान कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।दुलालका ८ वर्षीय छोरा रहेका छन् ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top