×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

विश्वका आधा करोड बढी मानिसहरुमा कोरोना संक्रमण

८ जेष्ठ २०७७

८ जेष्ठ, एजेन्सी ।
विश्वभरि कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको सङ्ख्या ५१ लाख नाघेको छ।

कोरोनाभाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ३,२९,००० भन्दा बढी छ। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले बुधवार संसारभरि १,०६,००० जनामा सङ्क्रमण पुष्टि भएको बताएको थियो। यो एकै दिन पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो।

यसक्रममा ल्याटिन अमेरिकी देशहरूले संक्रमित संख्यामा अमेरिका र युरोपलाई पछि पारेका छन्। फरवरीमा चीनमा धेरै देखिएको भाइरसले त्यसपछि क्रमशः युरोप र अमेरिकामा महामारीको रूपधारण गरेको थियो। हाल यो अवस्था ल्याटिन अमेरिकी देशमा सुरू भएको छ।

यो साताको सुरूमा रिपोर्ट भएका ९१ हजार केसहरूमा एक तिहाई केस ल्याटिन अमेरिकी देशहरूमा देखिनुले महामारीले नयाँ इपिसेन्टर बनाउने देखाएको छ। यो संक्रमित संख्यामा युरोप र अमेरिकाको हिस्सा भने २० प्रतिशत भन्दा केही बढीमात्र छ। ल्याटिन अमेरिकी देशमध्ये सबैभन्दा बढी केस ब्राजिलबाट छन्।

संक्रमित संख्यामा उसले हालैमात्र जर्मनी, फ्रान्स र बेलायतलाई उछिनेको छ। हाल ब्राजिल अमेरिका र रसियापछि धेरै कोरोना संक्रमित भएको तेश्रो देश हो। ब्राजिलको दैनिक संक्रमण वृद्धिदर अमेरिकापछि दोश्रोमा छ। कोरोनाका पहिलो ४१ वटा केसहरू जनवरीको १० मा चीनको वुहानमा पुष्टि भएका थिए।

त्यसपछि अप्रिल १ मा यो संख्या १० लाख पुगेको थियो। त्यसपछि प्रत्येक दुई सातामा १० लाख नयाँ संक्रमित थपिएको रोयटर्सले जनाएको छ। कोरोना संक्रमणले ६ महिनाको अवधिमा गरेको असर गम्भीर फ्लुले एकवर्षको अवधिमा गर्ने असर भन्दा बढी भइसकेको छ।

वार्षिकरुपमा ३० देखि ५० लाख मानिसहरू गम्भीर प्रकृतिको फ्लूबाट प्रभावित हुने गरेको अनुमान विश्व स्वास्थ्य संगठनको छ। कोरोना महामारीका कारण हालसम्म ३ लाख २६ हजारबढी मानिसको ज्यान गइसकेको छ तर वास्तविक संख्या यो भन्दा अझ धेरै हुनसक्ने अनुमान छ।

धेरै देशले अस्पताल बाहिर भएका मृत्युको तथ्यांकलाई समावेश नगरेकाले वास्तविक संख्या भनिएभन्दा बढी हुनसक्ने ठानिएको हो। कोरोनाबाट मृत्यु भएकामध्ये आधाभन्दा बढी संख्या युरोपबाट रहेका छन्। विश्वमा दैनिकरुपमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको भएपनि थुप्रै देशहरूले स्कूल र काम गर्ने ठाउँहरू विस्तारै खोल्न थालेका छन्।

यस्तै अमेरिकामा कोरोनाविरुद्ध मानिसमा गरिएको पहिलो खोप परीक्षणले देखाएको सम्भावनाले बजारमा केही वृद्धि देखिएको रोयटर्सले जनाएको छ। अहिलेसम्म अमेरिका, रुस, ब्रजिल र यूकेमा सर्वाधिक सङ्क्रमित छन्। एशियामा भारत सबैभन्दा बढी प्रभावित देखिएको छ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कम र मध्यम आय भएका देशहरूमा सङ्क्रमण बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। पछिल्लो दश लाख सङ्क्रमण दुई हप्ताभन्दा कम समयमा भएको तथ्याङ्कले देखाउँछ। विज्ञहरूले सङ्क्रमितको कुल सङ्ख्या परीक्षणको अभावमा कम देखिएको हुन सक्ने बताउँदै आएका छन्।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top