Nepal Times
Nepal Times
3
Shares

एएफसी यु–१९ एसिया कप छनौट फुटबल ः आज नेपालले बहराइनसँग खेल्ने

एएफसी यु–१९ एसिया कप छनौट फुटबल ः आज नेपालले बहराइनसँग खेल्ने

काठमाडौं, कात्तिक १६ – उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौटमा नेपाल बिहीबार बहराइनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका पौने पाँच बजे हुनेछ ।

बहराइनसँगको खेल प्रतियोगितामा अघि बढ्न नेपालका लागि महत्वपूर्ण छ । पहिलो खेलमा हारेका लागि समूह विजेता वा उत्कृष्ट ६ समूह उपविजेतामा पर्नका लागि यो खेल महत्वपूर्ण छ ।

नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले टिमले पहिलो खेलमा आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न नसकेको भन्दै बहराइनसँगको खेलमा प्रदर्शन सुधार हुने बताएका छन् । यसअघि मंगलबार भएको खेलमा नेपाल किर्गिस्तानसँग २–० ले हारेको थियो ।

१० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् । नेपाल रहेको समूहमा बहराइन, किर्गिस्तान, युएई र ओमान रहेका छन् ।

अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन् । १८ गते युएई र २२ गते ओमन सँग खेल्ने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.