८ जेठ, विराटनगर ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र राँके,पाँचथरले प्रदेश १ सरकारलाई कोरोना भाईरसको उपचारका लागि प्रयोग हुने आर्युवेदिक औषधी हस्तान्तरण गरेको छ ।कार्यालय प्रमुख आयुर्वेद चिकित्सक बिजय श्रेष्ठ र कबिराज निरिक्षक खगेन्द्र पौडेलले बिहीबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सो औषधी हस्तान्तरण गरेका थिए ।
सो केन्द्रले स्वस्थ जीवन कार्यक्रमबाट कोरोना भाईरस (कोभिड–१९) बाट शंकास्पद, संक्रमित व्यक्तिहरू तथा अग्रपंक्तिमा रहेर व्यवस्थापनमा कार्य गर्ने स्वास्थ्य्स्कर्मी हरुका लागि सो आयुर्वेदिक औषधी हस्तान्तरण गरेको हो ।
हस्तान्तरण गरिएका औषधीहरुमा अश्वगन्धा चुर्ण, यस्टिमधु चुर्ण,त्रीकटु चुर्ण, आमलकी चुर्ण, गिलोय तथा च्यवनप्रास आदि रहेका छन् ।