१० जेष्ठ, विराटनगर ।
प्रदेश १ सरकारले धनकुटा जिल्ला अस्पतालमा सेवा सुरु गर्न टोली पठाएको छ ।
प्रदेश सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना विशेषज्ञ सहितको टोली खटाएको हो । उनीहरुले भोलि आइतबारदेखि सेवा सुरु गर्नेछन् । आज र भोलि पनि निर्मलीकरण गरी र सेवा सुरु गर्ने तयारी भैरहेको जिल्ला अस्पताल धनकुटाका डाक्टर पुजन विश्वकर्माले जानकारी दिए।
कोरोना सङ्क्रमित भेटिएपछि धनकुटा अस्पताल गएको ४ गते सिल गरिएको थियो । जिल्ला अस्पतालका डाक्टर तथा कर्मचारी भने क्वरेन्टीनमा छन् । धनकुटामा ४ जना स्वास्थ्यकर्मी, एक जना स्वास्थ्यकर्मीका आफन्त र दुई जना प्रहरी जवान गरी ७ जनामा कोरोना सङ्क्रमण भएको छ ।
सङ्क्रमितको अहिले कोरोना विशेष अस्पताल विराटनगरमा उपचार भैरहेको छ र उनीहरुको अवस्था सामान्य छ ।