१० जेष्ठ, विराटनगर ।
विश्व महामारी कोरोना भाइरसका कारण ५३ लाखभन्दा धेरै मानिसहरु संक्रमित भएका छन् ।
अहिलेसम्म ५३ लाख ६ हजार २ सय ३५ जनालाई सङ्क्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ । सङ्क्रमतिमध्ये अहिलेसम्म २१ लाख ६० हजारभन्दा धेरै उपचार पछि निको भएका छन् भने ३ लाख ४० हजार ४७ जनाको ज्यान गएको छ ।
सबैभन्दा धेरै अमेरिकामा १६ लाख ४५ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने त्यहाँ ९७ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै ब्राजिलमा कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ ।
ब्राजिल धेरै सङ्क्रमित हुने देशको दोस्रो स्थानमा पुगेको छ । ब्राजिलमा अहिलेसम्म ३ लाख ३२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने २१ हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकापछि संक्रमणबाट मृत्यु हुने दोस्रो देश हो युके जहाँ ३६ हजार बढिको ज्यान गइसकेको छ । युकेमा संक्रमित संख्या २ लाख ५४ हजार नाघेको छ ।