NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ? मङ्लबार असार ३१ , २०८२
सुपर पावरको दौडमा चीन,अमेरिका पीडितसँग सम्बन्ध जोड्दै मङ्लबार असार ३१ , २०८२
सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ? मङ्लबार असार ३१ , २०८२
म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी मङ्लबार असार ३१ , २०८२
आज कहाँ कहाँ छ बाढीको जोखिम ? ४२ जिल्लामा ‘एल्लो अलर्ट’ मङ्लबार असार ३१ , २०८२
Next
Prev

समाचार

कोभिड–१९ विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको बेलायत र चीनको दाबी

सोमवार जेष्ठ १२ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
कोभिड–१९ विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको बेलायत र चीनको दाबी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ जेष्ठ, एजेन्सी ।
बेलायत र चीनका वैज्ञानिकहरूले कोभिड–१९ विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् ।

अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको हो । विश्वविद्यालयले दोस्रो चरणको परीक्षणका लागि बेलायतका १० हजार २ सय ६० जना स्वास्थ्य स्वयंसेवकलाई आह्वानसमेत गरेको छ ।

त्यसैगरी चीनको क्यान्सिनो बायोलोजिक्स इनकर्पोरेसनले पनि कोरोना भाइरसविरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको जनाएको छ । क्यान्सिनोले पहिलो चरणमा १८ देखि ६० वर्षका १ सय ८ जनामा परीक्षण गरेको थियो ।

Advertisement

अक्सफोर्डका वैज्ञानिकहरूका अनुसार दोस्रो र तेस्रो चरणको परीक्षणमा ५५ वर्षमाथिका वयस्क र ५ देखि १२ वर्षसम्मका बालबालिकालाई सहभागी गराइनेछ । अक्सफोर्ड खोप समूहले परीक्षणको अर्को चरणमा वृद्धवृद्धाहरूको रोग प्रतिरोध प्रणालीले यो खोपप्रति कस्तो प्रतिक्रिया जनाउँछ भन्नेमा केन्द्रित रहने जनाएको छ ।

परीक्षणको नतिजा सेप्टेम्बरसम्म प्राप्त हुने बेलायती अनुसन्धानकर्ताहरूको विश्वास छ । बेलायतका सरकारी अधिकारीहरू कोरोना भाइरसविरुद्धको खोप छिट्टै बजारमा आइसक्ने विश्वासमा छन् । ब्रिटिस सरकारले आउँदो सेप्टेम्बरसम्ममा कोभिड–१९ खोपका ३ करोडसम्म डोज उपलब्ध भइसक्ने जनाएको छ ।

व्यापार व्यवसाय मामिला हेर्ने बेलायती मन्त्री आलोक शर्माले अक्सफोर्ड विश्वविद्यालयमा खोपको क्लिनिकल परीक्षण राम्रोसँग अगाडि बढिरहेको र त्यो सफल भए गर्मीयाम नसकिँदै खोप तयार हुने बताएका छन् । मन्त्री शर्माले अक्सफोर्ड र इम्पेरियल कलेजमा अहिले जारी परीक्षणलाई सघाउन सरकारले थप ८ करोड ४० लाख पाउन्ड उपलब्ध गराउने घोषणा पनि गरे ।

यसअघि सरकारले खोप विकासका लागि अक्सफोर्ड र इम्पेरियल कलेज लन्डनको समूहलाई ४० मिलियन पाउन्ड उपलब्ध गराइसकेको छ । शर्माले खोप विकासका लागि ब्रिटिस वैज्ञानिक तथा अनुसन्धाताहरूको प्रयत्नको प्रशंसा गर्दै आफूलाई गर्व लागेको पनि बताएका छन् ।

औषधि उत्पादक कम्पनी आस्ट्राजेनेकाले बेलायतका लागि सेप्टेम्बरसम्म ३ करोड डोज उपलब्ध गराउने गरी अक्सफोर्ड विश्वविद्यालयसँग सम्झौता गरेको छ । उक्त फर्मास्युटिकल फर्मले बेलायतका लागि कुल १० करोड डोज उपलब्ध गराउने सम्झौता छ ।

मन्त्री शर्माले उक्त खोपको पहुँच पाउने बेलायत पहिलो मुलुक हुने भए पनि आफ्नो सरकार विकासोन्मुख देशहरूमा समेत न्यूनतम मूल्यमा खोप उपलब्ध गराउन कटिबद्ध रहेको बताए । स्वास्थ्यमन्त्री म्याट ह्यानककले बेलायती संसद्मा बोल्दै खोपमा सफलता मिले ३ करोड डोज पहिला जोखिममा रहेका मानिसलाई प्रदान गरिने बताएका थिए ।

इम्पेरियल कलेज लन्डनले यही जुनदेखि मानव परीक्षण सुरु गर्दै छ । तर ब्रिटिस सरकारका मुख्य वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले प्रभावकारी खोप विकासको प्रत्याभूति अहिल्यै गर्न नसकिने बताएका छन् ।

विश्वभर महामारीका रूपमा फैलिरहेको कोभिड–१९ विरुद्धको खोप विकास गर्न अहिले बेलायतसहित कैयौं मुलुक जुटिरहेका छन् । विभिन्न देशका वैज्ञानिकहरूबीच खोप पहिल्याउन अहिले होड नै चलेको छ ।

आगामी जुनदेखि मानव परीक्षण सुरु गर्ने तयारी गरिरहेको इम्पेरियल कलेज लन्डनका प्राध्यापक रोविन स्याटकको भनाइअनुसार ब्रिटेन, अमेरिका, चीनलगायत विकसित मुलुकमा कम्तीमा सयवटा परीक्षण जारी छ ।

लोकप्रीय

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

मङ्लबार असार ३१ , २०८२
टेक सुपर पावर बन्दै छ चीन/अमेरिकासहित अरु देशहरु कहाँ छन् ?

सुपर पावरको दौडमा चीन,अमेरिका पीडितसँग सम्बन्ध जोड्दै

मङ्लबार असार ३१ , २०८२
सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ?

सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ?

मङ्लबार असार ३१ , २०८२

विचार

थप समाचार

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?
अन्तर्राष्ट्रिय

ताजा समाचार

सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ?

मङ्लबार असार ३१ , २०८२
म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी
अन्तर्राष्ट्रिय

म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी

मङ्लबार असार ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

मङ्लबार असार ३१ , २०८२
टेक सुपर पावर बन्दै छ चीन/अमेरिकासहित अरु देशहरु कहाँ छन् ?

सुपर पावरको दौडमा चीन,अमेरिका पीडितसँग सम्बन्ध जोड्दै

मङ्लबार असार ३१ , २०८२
सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ?

सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ?

मङ्लबार असार ३१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.