१३ जेष्ठ, सुर्खेत । सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ९४ पुगेको छ । कर्णाली प्रदेशमा मात्र संक्रमितको संख्या २३ पुगेको छ ।
भारतबाट घर फर्किएकाहरुको प्रदेश अस्पतालमा रहेको प्रयोगशाला र पशुपंक्षी अन्वेषण रोग प्रयोगशालामा पीसीआर परीक्षण गर्दा थप १२ जनामा कोरोना पोजेटिभ भएको हो ।
योसँगै सुर्खेतमा कोरोना संक्रमितको संख्या १५ जना पुगेको छ ।
आज भेटिएका संक्रमितहरुमा ११ जना पुरुष र १ जना महिला रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
यसअघि दैलेखका ८ जना र सुर्खेतका ३ गरी कर्णाली प्रदेशमा जम्मा ११ जना संक्रमित थिए ।