१३ जेष्ठ, काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भेटेर आएको बिरामीलाई कोरोना पुष्टि भएसँगै स्वास्थ्यमन्त्री ढकाल होम क्वारेन्टाइनमा बसेका छन् ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत हेटौडा ४ हुप्राकि एक महिलालाई बुधबार भेट्न मन्त्री ढकाल अस्पताल पुगेको र विहिवार उनलाई कोरोना संक्रमणको आशंका गरि नमूना परिक्षण गरेसँगै मन्त्री ढकाल स्वास्थ्य मन्त्रालय नआई होम क्वारेन्टाइनमा बसेको मन्त्रालय स्रोतले जनाएको छ ।
उपचाररत महिलाको शनिवार रिपोर्ट पोजेटिभ आएकाले हाल त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा रहेको आईसोलेसन वार्डमा उपचार भैरहेको छ ।
मन्त्री ढकालको यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ रिपोर्ट आए लगत्ते पनि पिसिआर परिक्षण गरिएको थियो र आज मंगलबार पुनः स्वाब संकलन गरिएको छ । रिपोर्ट आजै बेलुका सम्म आउँदैछ, रिपोर्ट आएपछि मात्र मन्त्री ढकालको आगामी कार्यक्रम तय हुने मन्त्रालय स्रोतले जनाएको छ ।
मनमोहन कार्डियोमा उपचाररत महिला मन्त्रीको आफन्त पर्ने भएकाले कोरोना पुष्टि हुनु ३ दिनअघि भेट्न जानुभएको बुझिएको छ । (रासस)