पश्चिम रुकुममा दलित युवकको हत्याबारे निष्पक्ष छानबिन गर्न मानव अधिकार आयोगको माग

पश्चिम रुकुममा दलित युवकको हत्याबारे निष्पक्ष छानबिन गर्न मानव अधिकार आयोगको माग

१३ जेष्ठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पश्चिम रुकुममा दलित युवकको हत्याबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

आयोगले मंगलबार विज्ञप्ति जारी गरी घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ । आयोगले नेपालको कानून र विभिन्न अन्तर्रा्ष्ट्रिय कानून विपरीतको यो घटनालाई जातीय विभेदको पराकाष्ठा भनेको छ ।

आयोगले घटनामा प्रभावकारी अनुसन्धानका लागि आयोगको कर्णाली प्रदेश शाखा कार्यालय, जुम्लाबाट स्थानीय प्रहरी प्रशासनलाई पत्राचार हुनुका साथै जिल्लास्थित मानव अधिकार अवस्था अनुगमन समितिबाट अनुगमन भइरहेको बताएको छ ।

जेठ १० गते शनिबार पश्चिम रुकुममा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित ३ जनाको केटी पक्षको आक्रमणबाट जोगिन नदीमा हामफाल्दा मृत्यु भएको थियो । घटनामा तीन जना बेपत्ता छन् भने १२ जना घाइते भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.