×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

अमेरिकी कम्पनीद्वारा अष्ट्रेलियामा कोरोना भाइरसको खोप परीक्षण

१४ जेष्ठ २०७७

१४ जेठ, क्यानबेरा।

संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ ।

अमेरिकी कम्पनी नोभाभाक्सले परीक्षणको पहिलो चरणमा अस्ट्रेलियामा १३१ जना स्वयंसेवीलाई खोप दिनेछ र यसको प्रभावकारिताका संकेतहरूको जाँच गर्नेछ, कम्पनीका अनुसन्धान प्रमुख डा ग्रेगरी ग्लेनले बताए ।

कोरोनाभाइरस विरुद्ध विश्वभर एक दर्जन प्रयोगात्मक खोपहरू परीक्षणका क्रममा रहेका छन् । प्रायः यी खोपहरु चीन, अमेरिका र युरोपमा परीक्षण भइरहेका छन् । तर अहिलेसम्म कुनै पनि खोप सुरक्षित र प्रभावी साबित भइसकेका छैनन् । यी खोप निर्माणमा भिन्न तरिका र उच्च प्रविधि अपनाइएका छन् ।

ग्लेनले नोभाभाक्सको मुख्यालय मेरिल्यान्डबाट भर्चुअल पत्रकार सम्मेलन गर्दै भने, “हामी समानान्तर डोज बनाउँदैछौं र हामीले यस वर्षको अन्तमा खोप सार्वजनिक प्रयोगमा ल्याउन सक्षम हुनेछौं ।” पशुहरुमा गरिएको परीक्षणमा खोपको न्यून डोज प्रभावकारी देखिएको छ । उनले नोभाभाक्सले यस वर्ष कम्तिमा १० करोड डोज र अर्को वर्ष सन् २०२१ भित्रमा १।५ अर्ब डोज उत्पादन गर्न सकिने बताए।

ग्लेनले भने, “एनभिएक्स–कोभ२३७३ नाम दिइएको यस खोपको उत्पादन गर्न गत मार्चयता नर्वेस्थित एक संस्थाले मार्च महिनायता ३८ करोड ८० लाख डलर लगानी गरेको छ ।” मेलबोर्न र ब्रिस्बेनमा क्लिनिकल परीक्षणको पहिलो चरणको नतिजा जुलाईमा प्राप्त हुने अपेक्षा गरिएको नोभाभाक्सले जनाएको छ । धेरैवटा मुलुकका अरु हजारौं व्यक्तिलाई दोस्रो चरणमा समावेश गरिनेछ ।

अस्ट्रेलियाको सहयोगी संस्था न्यूक्लियस नेटवर्कका संक्रामक रोग विशेषज्ञ पल ग्रिफिनले मेलबोर्नमा छ जना स्वयंसेवीलाई खोप दिएर कार्यक्रम शुभारम्भ गरिएको जानकारी दिए। नोभाभाक्सका पदाधिकारीले गत महिना एसोसिएटेड प्रेससँगको भेटमा “हाम्रो खोप बनाउने तरिका भिन्न छ, हामी भाइरसलाई कहिल्यै छुँदैनौं” भनेका थिए ।रासस / एपी

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top