×

NEPAL TIMES UPDATES

Playing
NASAले चन्द्रमामा पठाएको यानको ब्रिगिएको शौचालय कसरी बनायो ? || Nepal Times
Apr 06, 2026
Playing
फेवाताल किनारमा गृहमन्त्रीले लिजमा लिएको भनिएको २० रोपनी जग्गा| भिडियो : नेपाल फोटो लाइब्रेरी
Apr 06, 2026
Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026

वाइडबडी विमानको व्यावसायिक उडान असारदेखि

२३ चैत्र २०७४

काठमाडौँ, २३ चैत ः राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलो ‘वाइडबडी’ विमानको व्यावसायिक उडान असारदेखि शुरु गर्ने भएको छ ।

निगमले अमेरिकी लिजिङ कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो आगामी जेठको तेस्रो साता काठमाडौँ आउँदैछ ।

Advertisement

वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको १५ दिनभित्र आवश्यक सबै प्रक्रिया पूरा गरी व्यावसायिक उडान गर्ने निगमको तयारी छ ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगम व्यवस्थापन सुधारबारे हालै गरेको पत्रकार सम्मेलनका क्रममा निगमको वाइडबडी विमान जेठको तेस्रो साता आउने र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडानको अनुमतिलगायतका प्रक्रिया पूरा गरेपछि उडान शुरु गरिने बताएका थिए ।

विमान आएको दुईदेखि तीन हप्ताभित्र भन्सार प्रक्रिया तथा परीक्षण उडान गरी व्यावसायिक उडान शुरु गरिने उनको भनाइ थियो ।

निगमले २०७३ चैत २५ गते अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइडबडी ‘ए ३३०–२००’ विमान खरिद गर्ने सम्झौता गरेको थियो । दुईवटा विमान २०९ दशमलब ६ मिलियन अमेरिकी डलर अर्थात २१ अर्ब ९० करोड रुपैयाँ पर्नेछ ।

उक्त सम्झौताअनुसार पहिलो विमान २०१८ को अप्रिलसम्म र दोस्रो विमान भने २०१८ कै मे महिनासम्ममा आउने भनिएको थियो । तर, झण्डै दुई महिनापछि पहिलो विमान आउने भएको हो ।

निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार २८० सिट यात्रु क्षमताको वाइडबडीे विमान आएको १५ दिनभित्र व्यावसायिक उडान शुरु गरिनेछ । पहिलो विमान आएलगत्तै अर्को विमान भित्र्याउने निगमको योजना छ ।

निगमको इतिहासमै पहिलोपटक नयाँ वाइडबडी विमान खरिद गरेर व्यावसायिक उडान भर्ने तयारीमा रहेको निगमले वार्षिक कम्तीमा रु पाँच अर्बको व्यापार बढ्ने दाबी गरेको छ ।

सन् २०१७ मा निमगले रु सात करोड ५० लाख नाफा कमाएको जनाएको छ । जहाज थपेपछि व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने र त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकिएको छ ।

विदेशबाट जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि संसारकै नयाँ प्रविधि जडान गर्ने रणनीति निगमको योजनामा छ ।

वाइडबडी विमानका गन्तव्य

निगमले नयाँ वाइडबडी विमानबाट दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ ।

ती उडान गन्तव्य तय गर्नका लागि आवश्यक कार्यसमेत शुरु गरिसकेको निगमले जनाएको छ । प्रमुख लक्ष्य विदेशी पर्यटक भित्र्याउने भए पनि नेपालीसमेत बढी आउने गन्तव्यमा उडान गर्न लागेको हो । कोरिया, जापान र साउदी अरेबियाबाट धेरै नेपाल आउने गरेको बताइन्छ ।

निगमले हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुईवटा विमानबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो ।

आन्तरिकतर्फ नौवटा विमान छन् । यीमध्ये चीनबाट ल्याइएका वाइ १२ चारवटा, एमए १६ २ र ३ ट्विनअटर विमान छन् । काठमाडौँबाट सिधा छ र विराटनगर तथा नेपालगञ्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दैआएको छ ।

निगमको न्युयोर्क गन्तव्य

निगमले अन्तर्राष्ट्रिय उडानमा विमान बढाउँदै भविष्यमा अमेरिकाको राजधानी न्युयोर्क गन्तव्य पु¥याउने लक्ष्य लिएको छ । निगमका महाप्रबन्धक कंसाकारले आफूहरुको मुख्य उद्देश्य न्युयोर्क पु¥याउने रहेको र त्यसअनुरुप व्यवस्थापकीय योजनामा भएको बताए ।

“हाम्रो उद्देश्य न्यूयोर्क पु¥याउने नै हो, बेलायतको लण्डन अर्को हव रहेपनि पर्यटनका लागि पनि न्यूयोर्क पुग्नैपर्छ जापान, दक्षिण कोरिया, अष्ट्रेलियालगायत गन्तव्यमा नपुगी सुखै छैन,”–उनले भने

महाप्रबन्धक कंसाकारले निगमलाई चलायमान र विश्व बजारमा प्रतिस्पर्धी बनाउन वार्षिक दुईदेखि चारवटा विमान थप्नैपर्ने बाध्यता रहेको उल्लेख गरे ।

डेढ वर्षभित्र आठ विमान

निगमले सेवा सुधार्ने कार्ययोजनाअन्तर्गत आगामी डेढ वर्षभित्र आठवटा नयाँ विमान खरिद गर्ने योजना बनाएको छ । अन्तर्राष्ट्रिय र आन्तरिक सेवा दुबैतर्फ विमान थप्दै निगमको कूलआय बढाउँदै लैजाने जनाएको हो ।

आगामी १८ महिनाभित्र आन्तरिक उडानका लागि छ भाइकिङ ट्विनअटर र अन्तर्राष्ट्रिय उडान गर्न दुई एयरबस न्यारोबडी (ए३२०–२००) विमान खरिद गरिने निगमका महाप्रबन्धक कंसाकारले जानकारी दिए ।

Advertisement

नयाँ विमान थप्ने कार्यसँगै निगमसँग भएका सबै पुराना विमान आउँदो १८ महिनाभित्र प्रतिस्थापन गरी अन्तर्राष्ट्रियस्तरमा नै हवाई सुरक्षाको प्रत्याभूति गराउने निगमले जनाएको छ ।
रासस

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top