×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

घरमै बसेर यसरी तिर्नुस् विद्युतको महसुल

१७ जेष्ठ २०७७

१७ जेठ, काठमाडौँ ।

बन्दाबन्दी (लकडाउन) का कारण बिजुलीको बिल तिर्न पाइएन भनेर चिन्तामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंले कुनै चिन्ता लिनु नपर्ने भएको छ । विपद्को समयमा प्रविधिको प्रयोग गरेर घर वा आफ्नो निवासबाटै सहजैरुपमा विद्युत्को बिल तिर्ने प्रणालीको विकास भएको छ ।

विपद्ले नयाँ–नयाँ अवसर पनि निर्माण गरिदिन्छ भन्ने आम मान्यता जस्तै नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल तिर्नका लागि नयाँ प्रणाली स्थापना गरेको छ । प्राधिकरणले सो प्रणालीलाई ‘कन्जुमर सेल्फ रिडिङ सिस्टम’ नाम दिएको छ । त्यस्तो प्रणाली प्रयोग गरी खानेपानीलगायतको समेत महसुल तिर्न सकिनेछ । प्राधिकरणले सञ्चालनमा ल्याएका कारण त्यो प्रणालीबाट भने विद्युत् महसुलमात्रै तिर्न सकिनेछ ।

प्राधिकरणको कम्प्युटर बिलिङ महाशाखाका प्रमुख सजुन श्रेष्ठका अनुसार अब ग्राहकले घरमा नै बसेर सहजरुपमा विद्युत्को बिल तिर्न सक्ने व्यवस्था गरिएको छ । आगामी मङ्गलबारदेखि भने प्राधिकरणको मोबाइल एपसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पहलमा ग्राहकलाई थप सहजरुपमा सेवा दिने लक्ष्यका साथ मोबाइल एपसमेत सञ्चालनमा ल्याउन लागिएको हो । प्रमुख श्रेष्ठका अनुसार हालसम्म कन्जुमर सेल्फ रिडिङ सिस्टममा कूल ११ हजार ग्राहक जोडिइसकेका छन् ।

लकडाउन शुरु हुनुअघि विभिन्न वालेट सेवा प्रदायकमार्फत झण्डै सात लाख ५० हजार ग्राहकले विद्युतीय प्रणालीमार्फत विद्युत् महसुल तिर्ने गरेका थिए । त्यसमा इसेवा, प्रभु पे, आइएमई पेलगायतका बालेट सेवा रहेका थिए । ती प्रणालीहरुबाट कूल रु ८२ करोडबराबरको महसुल उठ्ने गरेको थियो ।

कोरोनाको जोखिम र त्रास बढ्दै गएका कारण प्राधिकरणका मिटर रिडरहरु ग्राहकको घर तथा आवासमा पुग्न नसक्ने अवस्थालाई मध्यनजर गरेर नयाँ प्रणाली विकास गरिएको हो । प्रविधिको प्रयोग गरेर कामलाई थप सहज र सरल बनाउने लक्ष्यका साथ उक्त प्रणाली ल्याइएको र त्यसमा ग्राहक आफैँले आफ्नो घरमा रहेको मिटर अध्ययन गरेर बिल तिर्न वा प्राधिकरणलाई जानकारी गराउन सक्नेछन् ।

श्रेष्ठका अनुसार मिटर रिडिङ गरेपछि सोही आधारमा खपत युनिट बराबरको रकम सजिलै अनलाइनबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । आफैँले मिटर रिडिङ गरेर अनलाइनबाट महसुल भुक्तानी गर्न र समयमै भुक्तानी गरेवापत छुट प्राप्त गर्न सकिने प्राधिकरणको भनाइ छ । उठेको भन्दा बढी महसुल तिरिएको भए आगामी महिनाको बिलमा बढी रकमसमेत समायोजन हुनेछ ।

प्रमुख श्रेष्ठका अनुसार घरको मिटर रिडिङ गर्नुपूर्व ग्राहकले केही प्राविधिक प्रक्रिया भने मिलाउनुपर्नेछ । प्राधिकरणले जारी गरेको सूचनाअनुसार ग्राहकले गुगल क्रोम, इन्टनरेट एक्सप्लोरर, मोजिला फायरफक्सजस्ता इन्टरनेट ब्राउजरमा गएर कन्जुमर डट एनइए डट ओआरजी टाइप गर्नुपर्नेछ । मुख्य पृष्ठको देब्रेपट्टीको माथि रहेको होम, अनलाइन पार्टनर, रिजष्टरमध्ये रेगुलर बटन थिच्नुपर्नेछ । यस्तै दाहिनेपट्टीको युजर लगइन हेडिङमुनि रहेको रजिष्टर बटन थिच्नुपर्नेछ ।

ग्राहक रजिष्टे«शन फाराम पेजमा रातो रङको कोठामा विवरण भर्नुपर्नेछ । पासवर्ड राख्दा अक्षर, अङ्क वा डट आदि भएको बलियो तर नबिर्सने खालको राख्न प्राधिकरणले आग्रह गरेको छ । त्यसपछि सवमिट बटन थिच्ने, एउटै ग्राहकले आफ्नो अतिरिक्त आफूले तिरिदिने र तिर्नुपर्ने अरु जुनसुकै वा नेपालभित्रका ग्राहकको पनि उपभोक्ताको खाता रजिष्टर गर्न सक्छ । प्रत्येक महिनाको विद्युत्को मिटर रिडिङ गर्न र पैसा तिर्न सकिनेछ ।

त्यसपछि तपाईंको ग्राहक परिचय बन्नेछ । त्यसपछि होम पेजमा गएर दाहिनेपट्टी रहेको युजर लग इनभन्दा मुनि युजर नेममा आफ्नो मोबाइल नम्बर र पासवर्डमा आफूले पहिले कन्जुमर आइडी बनाउँदाको पासवर्ड टाइप गरी लग इन बटन थिच्नुपर्नेछ । अब तपाइँको दर्ता भएको ग्राहकको पेज खुल्छ । एड कन्जुमरमा थिचेर वितरण केन्द्र, दर्ता भएको ग्राहक आइडी नम्बर राखी सवमिट बटन थिचेर ग्राहक दर्ता गर्न सकिन्छ । उक्त विवरण पुरानो बिल हेरेर राख्न सकिनेछ ।

प्राधिकरणले पछिल्ला दिनमा ग्राहकको घरमा विभिन्न तीन प्रकारका मिटर जडान गरेको छ । त्यसमा दिइएको निर्देशनअनुसार मिटर रिडिङ गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ । पुरानो मिटर पाँच अङ्क भएको छ । त्यसमा शुरुका चार अङ्क राखेर भुक्तानीसम्बन्धी प्रक्रियामा जान सकिन्छ । यस्तै कुनै छ अङ्कको मिटरमा भने शुरुका पाँच अङ्कमात्रै राखेर अन्तिमको अङ्क नराखे पनि हुन्छ ।

प्राधिकरणले केही डिजिटल मिटर पनि जडान गरेको छ । ती मिटर एभोन र जिनियस नामको छ । प्रमुख श्रेष्ठका अनुसार एभोन मिटरको हकमा मिटरमा रहेको रातो बटनमा तीनपटक थिचेपछि देखिने अङ्क र जिनियसको हकमा चारपटक कालो बटनमा थिचेपछि के कति बिल उठ्यो वा कति विद्युत् खपत भयो भन्ने देखिन्छ ।

सेवालाई थप सहज, प्रभावकारी र गुणस्तरीय तथा विद्युतीय बनाउन डेक्सटप र मोबाइल भर्सनमा कन्जुमर सेल्फ रिडिङ सिस्टम ल्याएको र केही दिनभित्रै मोबाइल एपसमेत सञ्चालनमा ल्याउन लागिएको हो । अनलाइन तथा मोबाइल एपमार्फत मिटर रिडिङ तथा महसुल भुक्तानीमा असाध्यै सहज हुने प्राधिकरणको बुझाइ छ ।

ग्राहक आफैँले विवरण दर्ता गर्न सक्ने र आफ्नो घरको मिटरमा देखाएको मिटर अङ्क प्रविष्ट गर्न सक्ने व्यवस्था गरिएको छ । त्यसपछि अनलाइनमार्फत महसुल भुक्तानी गर्न सकिनेछ । इ–सेवा, फोन पे, आइएमइ पे, प्रभु पेबाट सहजै महसुल भुक्तानी गर्न सकिने प्राधिकरणको भनाइ छ । गलत अङ्क प्रविष्ट गरेर प्राधिकरणलाई झुक्याएको खण्डमा भने कारवाहीसमेत हुने भएकाले मिटरमा उठेको वास्तविक अङ्कमात्रै राख्नुपर्नेछ ।

पछिल्लो विवरणअनुसार प्राधिकरणका झण्डै ४२ लाख ग्राहक छन् । त्यसमा सबैभन्दा बढी घरायसी ग्राहक छन् । प्राधिकरणले सामाजिक दूरी कायम गरेर, स्वास्थ्यसम्बन्धी सम्पूर्ण उपाय अपनाएर महसुल सङ्कलन गर्ने प्रयास गरे पनि त्यो सार्थक हुन सकेको छैन । महसुल उठाउने वा नउठाउने, मिटर रिडिङ गर्न जाने वा नजाने भन्ने विषयमा प्राधिकरणका कर्मचारीबीचमा विवाद रहँदै आएको छ । सो समस्यालाई समेत विचार गरेर विद्युतीय प्रणाली सञ्चालनमा ल्याइएको हो ।

कन्जुमर सेल्फ रिडिङ सिस्टम गत आइतबारदेखि नै परीक्षणका रुपमा सञ्चालनमा आइसकेको छ । एक साताको अवधिमा नै ११ हजार ग्राहक थपिनु आफूहरुका लागि खुशीको विषय भएको प्रमुख श्रेष्ठको टिप्पणी छ । महसुल नउठ्दा प्राधिकरणको आर्थिक स्वास्थ्यमा ठूलो असर परेको छ ।

प्राधिकरणले आगामी दिनमा ग्राहकको सम्पूर्ण विवरणसमेत विद्युतीय बनाउने तयारी थालेको छ । यस्तै इन्टरनेटको सेवा नभएका स्थानलाई ध्यानमा राखेर प्राधिकरणले पैसा नलाग्ने हटलाइन नम्बरसमेत सञ्चालनमा ल्याउने तयारी गरेको प्रमुख श्रेष्ठले जानकारी दिए । यस्तै आगामी दिनमा प्राधिकरणका विद्युत्गृह, सवस्टेसन, लोडसेन्टरलगायत क्षेत्र पनि स्वचालित बनाउने तयारी थालेको छ ।–रमेश लम्साल/रासस

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top