१९ जेष्ठ, विराटनगर । मोरङको सुनवर्सीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
सोमबार मध्यान्ह सुनवर्सी नगरपालिका वडा नं. ६ तालगाछी बस्ने राजेश दासको श्रीमती वर्ष ३० किनिरुतुकुमारी दास आफ्नै मकै बारीबाट मकै लिई घर आउदै गर्दा बाटोमा आचानक चट्याङ लागी गम्भिर घाईते भउकी थिइन ।
उनलाई उपचारको लागी रंगेली टाइम्स अस्पताल ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
