१९ जेठ,काठमाडौँ ।
नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ८११ पुगेको छ । सोमबार एकैदिन २३९ जनाको कोरोना संक्रमण देखिएको हो ।
यसअघि २ सय २६ जना नयाँ कोरोना संक्रमित भेटिएकोमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परिक्षणमा १३ जना थपिएका हुन् । थप १३ जनामा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।