२१ जेष्ठ, वीरगञ्ज ।
पर्साको कालिकामाई र सखुवा प्रसौनी गाउँपालिकामा गरि बुधबार ६ जना कोरोना संक्रमित थपिएका छन् ।
कालिकामाई गाउँपालिकामा ४ जना र सखुवा प्रसौनी गाउँपालिकामा २ जना गरि थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए ।
संक्रमण पुष्टि भएका मध्ये कालिकामाई गाउँपालिकाका १५, ३० ४२ र ४५ वर्षका ४ जना पुरूषहरू छन्। यस्तै सखुवा प्रसौनी गाउँपालिकाका २५ र ४९ वर्षका २ जना परूषहरु रहेका छन् । संकमण पुष्टि भएका सबैलाई उपचारको लागि नारायणी अस्पताल मातहत रहेको कोरोना विशेष अस्थायी गण्डक अस्पतालमा ल्याइने छ ।
यो सँगै पर्सामा कोरोना संक्रमितहरुको संख्या १ सय १० पुगेको छ । ९७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।