×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

खोप अभियान रोकिएकाले करोडौँ बालबालिकाको जीवन जोखिममा, नेपालमा दादुरा फैलिने चिन्ता

२२ जेष्ठ २०७७

२२ जेष्ठ, काठमाडौं ।
कोरोनाभाइरस महामारीका कारण विश्वभरि खोप अभियानमा गम्भीर प्रभाव परेकाले रोकथाम गर्न सकिने रोगबाट लाखौँ बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।

कम्तीमा ६८ वटा देशमा खोप अभियान प्रभावित भएको छ। नियमित रूपमा सञ्चालन हुँदै आएको त्यस्तो अभियान केही देशमा पूर्ण रूपमा बन्द भएको छ। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस फैलिने क्रम रोख्न सकिने अपेक्षासहित धेरै देशलाई नियमति खोप अभियान स्थगित गर्न सुझाव दिएको थियो।

तर अहिले त्यसबाट दीर्घकालीन प्रभाव पर्ने भन्दै विश्व स्वास्थ्य सङ्गठन तथा अन्य संस्थाहरू चिन्तित देखिएका छन्। यूनिसेफ, सबिन भ्याक्सीन इन्स्टिट्यूट र ग्याभी द भ्याक्सीन अलाईअन्सले दैनिक हजारौँ बालबालिकाको ज्यान जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

विश्व स्वास्थ्य सङ्गठनकी कार्यकारी निर्देशक हेन्‌रीएटा फोरका अनुसार अहिले दादुरा, भ्यागुते रोग र हैजाको समस्या बढेको छ। हामीले बालबालिकाका लागि रोकथाम गर्न सकिने यस्ता धेरै रोगलाई परास्त गरेका थियौँ, उनले भनिन्।

एक वर्षमुनिका आठ करोड बालबालिका जोखिममा
कोरोनाभाइरस महामारीका कारण नियमित खोपबाट वञ्चित हुने बालबालिकाको अनुमानित सङ्ख्या–

दक्षिणपूर्वी एशियाः ३ करोड ४८ लाख
अफ्रिकाः २ करोड २९ लाख

अहिले फैलिरहेको प्रकोपः
नेपाल र कम्बोडियाः दादुरा
इथियोपियाः दादुरा, हैजा र येलो फिभर

जोन्स हप्किन्स ब्लूम्बर्ग स्कूल अफ पब्लिक हेल्थले गरेको एउटा मोडलिङमा महिला र बालबालिकाका लागि अत्यावश्यक यस्तो स्वास्थ्यसेवामा अवरोध हुँदा प्रत्येक दिन थप ६,००० बालबालिकाको मृत्यु हुन सक्ने आकलन गरिएको छ।

यी रोगबाट ठूलै समस्या सिर्जना हुन सक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठनको खोप विभागका प्रमुख केट ओ ब्रायन भन्छिन्, त्यसको अर्थ अभूतपूर्व सङ्ख्यामा बालबालिकाको मृत्यु हुन सक्छ।

निजेर र अरू धेरै देशमा खोप अभियान प्रभावित भएको छ । तर यो गम्भीर अवस्थालाई अझै पनि नियन्त्रणमा लिन सकिने र त्यसका लागि सरकारहरूले तत्काल काम गर्नुपर्ने बताइएको छ।

बिहीवार विश्वभरिका नेताहरू खोपसम्बन्धी एउटा सम्मेलनमा इन्टरनेटको माध्यमबाट सहभागी हुन लाग्नुअघि यस्तो चेतावनी आएको हो। सम्मेलनमा विभिन्न देश र दातृसंस्थाले ग्याभी द भ्याक्सीन अलाईअन्सका लागि ७।४ अर्ब डलर दिने प्रतिबद्धता व्यक्त गर्ने अपेक्षा गरिएको छ।

त्यसो भयो भने ग्याभीले विपन्न देशहरूलाई अहिले र पछि पनि विभिन्न खोप वितरण गर्न सक्नेछ।(बीबीसी)

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top