५ जेठ, डोटी ।
डोटीको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । भारतको लुधियानाबाट १९ गते डोटी पुगेका १९ वर्षीय युवकको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा मुत्यु भएको हो ।
उनी मुटुको रोगी भएको बुझिएको छ । आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए । मृतक लगायत क्वारेन्टिनमा रहेकाको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले रिपोर्ट नआएसम्म शव नउठाइने जानकारी दिए । उक्त क्वारेन्टिनमा तीन महिला १० जना छन् ।
घटनास्थलमा प्रहरी टोली पुगिसकेको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले स्वाबको नतिजा नआएसम्म शव प्रहरीको निगरानीमा रहने बताए ।