२६ जेष्ठ, सप्तरी ।
सप्तरीमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सप्तरीको बलान बिहुल गाँउपालिकाका १६ जनामा संक्रमण देखिएको हो । संक्रमितहरु सबै भारतको विभिन्न स्थानबाट आएर क्वारेन्टिनमा बसेका स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । सोमबार १६ जनामा कोरोना संक्रमण पुष्टि हुनेमा १२ वर्षदेखि ४५ वर्ष उमेरसम्मका व्यक्ति छन् ।
संक्रमितहरुको स्वाब संकलन गरी धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको प्रमुख यादवले बताए । संक्रमितहरुलाई आइसोलेशनमा लग्ने तयारी भइरहेको उनले बताए । १६ जना नयाँ कोरोना संक्रमित थपिएसँगै सप्तरीमा कुल ९३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।