×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

गण्डकी प्रदेशमा थप २४ जनामा कोभिड–१९ पुष्टि

२७ जेष्ठ २०७७

२७ जेष्ठ, कास्की ।
गण्डकी प्रदेशको नवलपरासी, म्याग्दी र बाग्लुङमा गरी मंगलबार बिहान थप २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गरी नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा १२, बाग्लुङमा ११ र म्याग्दीमा एक जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको परीक्षणअनुसार नवलपरासीको बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा गठन गरिएको कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय समितिका संयोजक डा. विनोदविन्दु शर्माले बताए ।

त्यसैगरी बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २१, २६ र २७ का तीन पुरुष र बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २४, २२, १८, २४, १८, ४९, २३ र २७ का आठ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सरकारी अस्पतालको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गण्डकीमा सङ्क्रमित १४४ पुगे

गण्डकीका मनाङ र मुस्ताङमा बाहेक नौ जिल्लामा कोभिड–१९ सङ्क्रमित फेला परेका छन् ।

हालसम्म गण्डकीमा सङ्क्रमितको सङ्ख्या १४४ पुगेको छ । मनाङ र मुस्ताङमा भने हालसम्म कोरोनाका बिरामी भेटिएका छैनन् । स्याङ्जामा ३८, बागलुङमा ४०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ३४, गोरखामा ११, पर्वतमा नौ, कास्कीमा पाँच, तनहुँ र म्याग्दीमा तीन–तीन तथा लमजुङमा एक जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशमा गत चैत १५ गते पहिलो कोभिड–१९ पुष्टि भएको थियो । बाग्लुङका एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो । सङ्क्रमितमध्ये एक जनाको निधन भएको छ भने तीन जना उपचार गराएर निको भएपछि घर फर्किएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बाग्लुङका दुई र लमजुङका एक निको भएका हुन् । कोभिड सङ्क्रमित स्याङ्जाका एक ६० वर्षीय पुरुषको जेठ २५ गते राति पोखरास्थित पश्चिमाञ्जल क्षेत्रीय अस्पतालको आइसोलेसनकक्षमा उपचारको क्रममा निधन भएको थियो । मृतकको सोमबार साँझ पोखरामा शव व्यवस्थापन गरिएको थियो ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top