×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

युरोपमा सुधार भएपनि विश्वका अरु क्षेत्रमा महामारी थप खराब बन्दै

२७ जेष्ठ २०७७

२७ जेष्ठ, एजेन्सी ।
विश्वमा कोरोना भाइरस महामारीको अवस्था थप खराब बन्दै गएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ ।

सोमबारको प्रेस ब्रिफिङ्गको क्रममा डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले युरोपमा महामारी कमजोर हुँदै गएर अवस्था सुधार भइरहे पनि विश्वका अरु क्षेत्रमा भने थप संकट उत्पन्न भएको बताएका हुन् ।

पछिल्लो १० दिनमा ९ दिन विश्वभर प्रतिदिन एक लाख भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । त्यसमध्ये ७५ प्रतिशत भन्दा बढी संक्रमित १० देशका रहेको डब्लुएचओले उल्लेख गरेको छ । डब्लुएचओका अनुसार आइतबार विश्वभर एक लाख ३६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो समय अमेरिका, ब्राजिल, भारत र पाकिस्तानमा संक्रमण तीव्र रुपमा बढिरहेको देखिएको छ । जोन्स हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वमा कुल संक्रमितको संख्या ७१ लाख १८ हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये चार लाख ६ हजार भन्दा बढीको मृत्यु भएको छ ।

अहिलेसम्म ३० लाख भन्दा बढी मानिस संक्रमण मुक्त भएर घर फर्किएका छन् । सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या १९ लाख ६० हजार भन्दा बढी रहेको छ । त्यसमध्ये एक लाख १० हजार ९ सय भन्दा बढीको ज्यान गएको छ ।

पछिल्लो समय महामारीको इपिसेन्टर बनेको दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमितको संख्या सात लाख सात हजार भन्दा बढी पुगेको छ । त्यहाँ कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ३७ हजार १३४ रहेको छ ।

डब्लुएचओका प्रमुख डा. टेडरोजले अवस्था केही देशमा सुधार हुँदै गएको देखिए पनि सावधानी नअपनाए महामारीको अर्को लहर सुरु हुन सक्ने र सो चरण थप भयानक हुने चेतावनी दिएका छन्। उनले भनेका छन्, संक्रमण फैलिरहेका देशहरुमा सावधानी थप प्रभावकारी बनाउनु पर्छ र घट्दो क्रममा रहेका देशहरुले पनि सावधानी कम गर्नु हुँदैन ।’

उनले अमेरिकासहित विश्वका विभिन्न देशमा रंगभेद तथा प्रहरी बरबरता विरोधी प्रदर्शन र संक्रमणलाई जोडेर चासो व्यक्त गरेका छन् । डा. टेडरोजले भने, समानता र रंगभेदविरुद्धको विश्वव्यापी अभियानमा डब्लुएचओको पूर्ण समर्थन रहेको छ । हामी सबै प्रकारको विभेद अस्वीकार गर्छौँ । तर सबै प्रदर्शनकारीलाई सुरक्षित रहने गरी प्रदर्शन गर्न हाम्रो आग्रह छ ।’

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top