२८ जेष्ठ, काठमाडौं ।
सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टिन स्थलमा लिएर जाँदै गरेको टिपर कालिकोटको राजकोट नगरपालिकामा दुर्घटना भएको छ ।
टिपरमा करिब ३८–३९ जना सवार रहेको र उनीहरुको अवस्थाबारे बुझ्दै गरेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिए । टिपर लालीघाट भन्ने स्थानमा दुर्घटना भएको हो । टिपर नदीमा खसेको छ । दुर्घटनास्थलमा नेपाली सेना र प्रहरीहरुको टोली उद्धारमा खटिएका छन् ।
नदीमा खसेका १५ जनाको उद्यार गरिएको छ । ३० जना अझै वेपत्ता रहेका छन् ।