×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धरानको विजयपुर हस्पिटलमा ४ किलोको ट्युमरको सफल शल्यक्रिया

३० जेष्ठ २०७७

३० जेठ, धरान।
धरानमा पाखुराको ट्युमरको सफल शल्यक्रिया भएको छ । धरानस्थित विजयपुर हस्पिटलका चिकित्सकले ट्युमरको सफल शल्यक्रिया गरे संगै विजयपुर हस्पिटल र चिकित्सा क्षेत्रमा एक चिकित्सको धरानमा चर्चा बढेको छ ।

संखुवासभाको मादीका ५५ वर्षीय पुरुषको पाखुरामा रहेको ट्युमरको हस्पिटलका वरिष्ठ सर्जन डा. गजेन्द्र दासको नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो । संखुवासभाको चैनपुर-९ का पेम्बा छिरिङ शेर्पाको पाखुरामा रहेको ४ केजीभन्दा बढी तौलको ट्युमर थियो । उनी उक्त ट्युमरको शल्यक्रियाका लागि बिभिन्न अस्पताल धाए तर उनको शल्यक्रिया हुन सकेन ।

यता विजयपुर हस्पिटलका चिकित्सक बरिष्ठ सर्जन डा. गजेन्द्र दासले शल्यक्रिया मार्फत् उक्त ट्युमर हटाइएको अस्पतालका प्रमुख प्रशासक इन्दु योञ्जनले जानकारी दिए । वरिष्ठ सर्जन डा. दासका साथै डा. दीपक पौडेल (ऐनेस्थियोलोजिष्ट) सहितको समूहले २ घण्टाको विशेष शल्यक्रिया गरेको हस्पिटलले जनाएको छ ।

लगभग ३० वर्षअघि सुपारीको दानो आकारमा दायाँ पाखुरामा देखिएको ट्युमर बढ्दै गएको शेर्पाले बताए । खासै असर नगरेकाले वास्ता नगरेका उनले १० वर्षअघि रोजगारीको सिलसिलामा भारतमा रहँदा शल्यक्रिया गर्न खोजे पनि अस्पतालमा मञ्जुरीनामा पत्रमा हस्ताक्षर गर्ने मानिस नहुँदा अप्रेसन हुन नसकेको बताए । यस्तो शल्यक्रिया सयौंको संख्यामा भइरहे पनि यो एक छुट्टै र विशेष प्रकृतिको शल्यक्रिया भएको अस्पतालका प्रशासक योञ्जनले बताए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

सम्बन्धित खबरहरु

Scroll to Top