×

NEPAL TIMES UPDATES

Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026

विद्यार्थीसँग शुल्क उठाएर शिक्षकलाई तलब खुवाऊः इस्टु

१ असार, काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले विद्यार्थीसँग शुल्क उठाएर तलब खुवाउन आग्रह गरेको छ ।

अध्यक्ष होमकुमार थापाले सरकारले तोकेअनुसार एक महिनाको शुल्क मिनाहा गरेर अन्य महिनाको शुल्क उठाएर भए पनि तलब खुवाउन आग्रह गरेका छन् ।

Advertisement

‘हामी विद्यालय सञ्चालकले आग्रह गरेअनुसार पढाउनेछौं, विद्यालयले हामीलाई चाडवाड खर्चसहित १३ महिनाको शुल्क दिनुपर्छ ।’

उनले विद्यालयले शुल्क नलिएको अवस्थामा शिक्षकलाई तलब दिन समस्या पर्ने दाबी गरे । उनले भने– ‘तीन महिनासम्म तलब दिन नसक्दा विद्यालयलाई समेत आर्थिक समस्या पर्न गएको हो ।’

इस्टुले हिजो शिक्षा तथा मावन स्रोत विकास केन्द्रलाई समेत ध्यानाकर्षण गराएको छ । इस्टुले कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्तालगायतको विषयमा ध्यानाकर्षण गराएको थियो । ‘हामी पनि समस्यामा परेका छौं, अधिकांश शिक्षकलाई घर चलाउनै समस्या परेको छ, त्यसैले तत्काल तलब दिनुको विकल्प छैन ।’ –अध्यक्ष थापाले भने ।

सरकारले भनेअनुसार २ सय दिन पढाउने आफ्नो दायित्वबाट नपन्छिने स्पष्ट पार्दै थापाले भने, ‘निजी विद्यालयले सरकारी निर्देशन पालना गर्नुपर्छ, हामी विद्यालय सञ्चालकले भनेअनुसार पढाउनेछांै ।’

उपत्यकाका केही ठूला विद्यालयले लकडाउन भएको एक महिनापछि नै बिल पठाएर अभिभावकलाई हैरान पारेपछि सरकारले तत्काल शुल्क नलिन निर्देशन दिएको थियो । प्याब्सनले समेत यस्तो परिस्थितिमा शुल्क नलिन विद्यालयलाई आग्रह गरेको थियो ।

निजी विद्यालय चरम संकटमा परेपछि सरकारसँग शुल्क लिन माग गरिसकेको छ । प्याब्सन अध्यक्ष टीकाराम पुरीले केही समयपछि शुल्क उठाउने प्रयास गर्नुपर्ने बताए । उनले सरकारले एक महिनाको शुल्क मिनाहा गरेको विषयमा थप छलफल गर्नुपर्ने जानकारी दिए ।

घरभाडा, बैंक र वित्तीय संस्थाको ऋणको ब्याज, शिक्षक कर्मचारीको तलब दिनकै लागि शुल्क उठाउनुको विकल्प नभएको उनको भनाइ थियो । उनले यो विषयमा सरकार र सरोकारवाला निकायसँग थप छलफल गर्ने बताए ।

इस्टुले निजी विद्यालयलाई सरकारले सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न समेत आग्रह गरेको छ । अध्यक्ष थापाले अन्य उद्योग सरह विद्यालयलाई ऋणको व्यवस्था गर्न आग्रह गरे ।

प्याब्सनले सहुलियतपूर्ण ऋणको विषयमा सरकारसँग छलफल गरिरहेको छ । सहुलियतपूर्ण ऋणको व्यवस्था नभए साना लगानीमा सञ्चालित करिब ४० प्रतिशत विद्यालय बन्द हुने अवस्थामा रहेको प्याब्सनको ठम्याइ छ ।

अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटाले निजी विद्यालयमा पढाएपछि अभिभावकले शुल्क तिर्नुपर्ने स्पष्ट पारे । उनले भने, ‘तर, यस्तो संकटका बेलामा विद्यालयले अभिभावकलाई करकाप गर्न पाइँदैन दुवै पक्षको समझदारीमा पहिलादेखिको बक्यौता रकम तिर्नुपर्छ ।’

शिक्षक कर्मचारीलाई तलब खुवाउन, बैंकको ऋण तिर्न रकम आवश्यक पर्ने भएपछि शुल्क उठाउनुको विकल्प नभएको उनको धारणा छ ।

महासंघले अब कुन शीर्षकमा कति शुल्क लिने भन्ने विषयमा मन्त्रालयसहित सबै सरोकारवाला निकायसँग छलफल गरी निर्णय गर्नुपर्ने जनाएको छ । ‘अब अनावश्यक शुल्क लिन पाइँदैन, जायज शुल्क लिने विषयमा छलफल गरेर निर्णय गर्नुपर्छ ।’ –उनको भनाइ थियो ।

सरकारी निर्णयअनुसार आज सोमबारबाट सबै विद्यालयको प्रशासन खुला हुनेछ । प्रशासन खुला भएसँगै विद्यालयले नयाँ भर्ना हुन चाहने विद्यार्थीको रेकर्ड राख्न शुरू गर्नेछ । प्याब्सन अध्यक्ष पुरीले सरकारको निर्णयअनुसार विद्यालय खोल्न तयार रहेको बताए पनि केही असमझादारी रहेको विषयमा छलफल हुन बाँकी रहेको बताए ।

एन–प्याब्सनको अध्यक्ष ऋतुराज सापकोटाले विद्यालय चलाउन शुल्क उठाउनुको विकल्प नभएको बताए । उनले भने, ‘अभिभावकलाई समस्या नपर्ने गरी उहाँहरूकै सहमतिमा शुल्क उठाउने विषयमा छलफल गर्ने तयारी भइरहेको छ ।’

Advertisement

उनका अनुसार विद्यालय सुचारु रूपमा सञ्चालन गर्न शिक्षक र कर्मचारीको तलब दिन र ऋण तिर्न शुल्क लिनैपर्ने हुन्छ । इस्टुका अध्यक्ष थापाले देशभर करिब २ लाख शिक्षक कर्मचारीले तीन महिनादेखि तलब नपाउँदा घर चलाउनै समस्या भएको बताए । (रासस)

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top