×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

गण्डकी प्रदेशमा ६ जना कोरोना सङ्क्रमित थपिए

१ असार २०७७

१ असार, कास्की ।
गण्डकी प्रदेशको तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा गरी थप ६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज यहाँ जारी विज्ञप्तीमा तनहुँमा पाँच र नवलपरासीमा एक जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ। हालसम्म गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या २०५ पुगेको छ । तनहुँको घिरिङ गाउँपालिका स्थायी ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टिनमा रहेका पाँच जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

सङ्क्रमितहरु वर्ष ४५, २२, २७, २७, र ४६ का पुरुषहरु रहेकामा उनीहरुलाई शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेशन कक्षमा ल्याइएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठित उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसैगरी नवलपरासीको बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २० का एक जना पुरुषमा समेत सङ्क्रमण पुष्टि भएकाले उनलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशका हिमाल पारिका मनाङ र मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । अहिलेसम्म स्याङ्जामा ६०, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४६, बागलुङमा ४०, पर्वतमा २६, गोर्खामा १५, तनहुँमा नौ, कास्कीमा पाँच, म्याग्दीमा तीन र लमजुङमा एक जना सङ्क्रमित छन् ।

कूल सङ्क्रमित मध्य नौ जना महिला छन् । सङ्क्रमित मध्य १६ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एक जना सङ्क्रमितको भने मृत्यु भएको छ । सङ्क्रमितहरुको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ ।

कालिका सामुदायिक अस्पतालमा स्याङ्जामा ५१, प्राकृतिक चिकित्सालय रजहरमा ३४, कोरोना अस्पताल पर्वतमा २५, धौलागिरि क्याम्पस आइसोलेशन वार्डमा १७, धौलागिरि अस्पतालमा ११, गोरखा अस्पतालमा १४, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सात, जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा नौ, कोरोना अस्पताल भरतपुरमा पाँच, मध्यविन्दु अस्पताल नवलपरासी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा चाररचार र स्याङ्जा र बेनी अस्पतालमा तीनरतीन जनाको उपचार भइरहेको छ ।

प्रदेशमा हालसम्म आठ हजार ४४३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन (स्वाब) लिइएकामा पाँच हजार ८६२ को नतिजा नेगेटिभ (कोरोना नभएको) आएको छ । स्वाब लिइएकाहरु मध्ये दुई हजार ३८२ जनाको नतिजा आउन बाँकी रहेको बताइन्छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top