×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरकारी कार्यालयका आ-आफ्नै कार्यतालिका कर्मचारी आए, सेवाग्राही न्यून

२ असार २०७७

काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीपछि सोमबारदेखि सरकारी तथा निजी कार्यालय खुलेका छन् ।

चैत ११ देखि जारी बन्दाबन्दीमा आवश्यक सेवाबाहेक सरकारी तथा निजी कार्यालय, व्यवसाय, उद्योग बन्द रहेका थिए । लामो बन्दपछि खुलेकाले कतिपय कार्यालयले व्यवस्थापन मिलाउने क्रममा बिहान १० बजे मात्र कार्यालय सुरु गरेका थिए । मङ्गलबारदेखि सरकारी कार्यालय दुई समूह (सिफ्ट)मै सञ्चालन हुने सम्बन्धित कार्यालयले जनाएका छन् ।

कोरोना महामारी नियन्त्रणमा नआइसकेकाले कार्यालयहरूमा उच्च सतर्कता अपनाइएको छ । सेवाग्राहीलाई पनि आवश्यक काम परे मात्र कार्यालय आउन आग्रह गरिएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पहिलो दिन भएकाले सेवाग्राही कमै आएको जानकारी दिनुभयो । सो विभागमा यसअघि दैनिक पाँच सयभन्दा बढीले सेवा लिने गरेकामा सोमबार १० जना मात्र आएका थिए ।

उहाँले भन्नुभयो, “जनतामा कोरोनाको त्रास छ, सबैतिर सतर्क भएर काम गर्नुपर्छ । त्यही भएर सेवाग्राही नआएका होलान् तर विस्तारै यो क्रम बढ्दै जानेछ ।” उहाँले मङ्गलबारदेखि दुई सिफ्टमा सेवा प्रवाह हुने जानकारी दिनुभयो ।

महानिर्देशक दाहालका अनुसार कार्यालयको सोधपुछ कक्षलाई व्यवस्थित गरी फोन, ईमेल र एसएमएसबाट आवश्यक जानकारी उपलब्ध गराउने प्रयास भइरहेको छ । मालपोत कार्यालय ललितपुरका प्रमुख सुबोध खनालले दुई सिफ्टमा काम गर्न अप्ठ्यारो भएको बताउनुभयो । ,याे खबर गाेरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

सम्बन्धित खबरहरु

Scroll to Top