२ असार, काठमाडौंं ।
मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा आज र भोलि झरी पर्ने मौसमविदले जनाएका छन् ।
विशेषगरी मध्य र पूर्वी नेपालका विभिन्न ठाउँमा रातिदेखि नै पानी पारिरहेको मनसुनी प्रणाली पश्चिम सर्ने क्रममा रहेकोले रातिदेखि नै धेरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यो प्रणाली बेलुकीसम्ममा पश्चिम पुग्ने भएकाले आज र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ । एकैछिन पानी पर्न रोकिए पनि फेरि पानी परिहाल्ने उनको भनाइ छ । कतै कतै ठूलो पानी पनि पर्ने भएकाले हिँडडुल गर्दा सावधानी अपनाउन पनि मौसमविद् मानन्धरको आग्रह छ
अब विस्तारै पश्चिमी वायुको प्रभाव कम हुँदै जाने र मनसुनी वायु सक्रिय हुने उनले जानकारी दिइन् ।