×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

काठमाडौं महानगरको नीति तथा कार्यक्रमः कौशी खेतीदेखि डे/नाइट मार्केटको योजना

४ असार २०७७

४ असार, काठमाडौँ ।
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आर्थिक तथा रोजगारी, सामाजिक विकास, शहरी पूर्वाधार तथा योजना विकास, वातावरण तथा फोहोर मैला व्यवस्थापन, संस्थागत विकास र सुशासन नीति लगायतका क्षेत्रलाई समावेस गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रम स्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशिलता तथा रोजगारी प्रवद्र्धन र आवागमन व्यवस्थापन लगायतका विषयमा विशेष केन्द्रीत रहेको मेयर शाक्यले बताए । कोभिड १९ को असरका कारण तीन महिना सम्म लकडाउन हुँदा महानगरवासीमा परेको असरलाई न्यूनीकरण गरी जनजीवनलाई पूर्ववत अवस्थामा ल्याउन महानगरपालिका प्रयासरत रहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै कोभिड १९ प्रतिकार्य योजना तयार गरी काठमाडौं महानगरपालिकामा लागू गर्नुका साथै उपत्यकाका अन्य नगरपालिकाहरुसँगको सहकार्यम उपत्यकाव्यापी रुपमा कार्यान्वयनमा लैजान पहल गरिने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा कृषि, खाद्य तथा पशु नीति अन्तर्गत शहरी फलफुल खेती, कौशी खेती, माटो विनाको खेती प्रविधिकको विकास गर्ने र यसलाई समुदाय सहभागी लक्षित हुने नीति लिइएको मेयर शाक्यले बताए । यस्तै साना तथा मझौला व्यवसायलाई सहकारीमा आबद्ध गराई आत्मनिर्भर बनाउने, परम्परागत तथा स्थानीय शिल्पीहरुको सीप उपयोग तथा विकासका लागि प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा समावेस गरिएको छ । कोभिड १९ का कारण व्यापार व्यवसायमा आएको अप्रत्याशित मन्दीलाई दृष्टिगत गरी महानगरभित्र सञ्चालित होटल, रेस्टुराँ, सपिङमलहरु, डे÷नाइट मार्केट लगायत अन्य व्यापार व्यवसायमा विशेष सहुलियत प्रदा गर्ने नीति लिएको छ ।

आर्थिक समृद्धिमा पर्यटन भन्ने मूलमन्त्र आत्मसाथ गर्दै पर्यटन प्रवद्र्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण र सम्बद्र्धन र विस्तारमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । शहरी पूर्वाधारको विकासका लागि निजी तथा समुदायसँग साझेदारी गर्ने, परियोजना बैंक स्थापना गरी नेपाल लगानी बोर्ड, नगर विकास कोषसँग सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै जीवनउपयोगी, व्यवसायीक एवं पैविधियुक्त पूर्वाधार सहित नैतिक तथा मनोवैज्ञानिक शिक्षामा जोड दई विद्यालयको समग्र शैक्षिक गुणस्तरमा सुधार गर्ने नीति लिएको छ । स्वस्थ महानगरः समृद्धिको आधार भन्ने नारालाई आत्मसाथ गर्दै जनस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन महानगरको जनस्वास्थ्य नीतिमा परिवर्तन गरिने भएको छ । आधारभूत स्वास्थ्य सेवालाई सुलभ, कम खर्चिलो तथा गुणस्तरीय एवं भरपर्दो बनाउने नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महिला, बालबालिका, किशोर किशोरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने, भहानगरभित्र खानेपानी वितरण प्रणालीलाई सुदृढ बनाइने, संस्कृति तथा सम्पदाहरुको सम्बद्र्धन गर्ने, खेलकुदको विकास गर्ने, सामाजिक विकास, सुरक्षा तथा संरक्षण लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेस भएका छन् । शहरी पूर्वाधार विकास, शहरी यातायात व्यवस्थापन, शहरी आवागमन, सूचना तथा सञ्चार, शहरी विकास तथा भवन मापदण्ड, फोहोरमैला व्यवस्थापन, प्रदुषण नियन्त्रण, हरियाली प्रबद्र्धन, जलवायु परिवर्तन अनुकुल नीति, विपद व्यवस्थापन, संस्थागत तथा मानव संशाधन विकास, सुशासन तथा सुरक्षा लगायतका क्षेत्रलाई पनि नीति तथा कार्यक्रममा समावेस गरिएको छ । राजश्व परिचालन तथा वित्तीय व्यवस्थापन नीति अन्तर्गत महानगरपालिकाको आन्तरिक श्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशिल कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करका दायरा विस्तार, करको दर पुनरावलोकन, करको क्षेत्र विस्तार र राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाइने नीति महानगरपालिकाले लिएको छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top