५ असार, काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ सय १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार सो संख्यामा संक्रमितहरु निको भएर फर्किएका हुन् । यो संगै उपचारपछि घर फर्किनेको सख्या १४ सय २ पुगेको छ
त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार २ सय ३१ गरी आजसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९९ गरी आजसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ ।
शुक्रबार देशभरीका विभिन्न स्थानमा निर्माण भएका क्वारेन्टाइनमा १ लाख ९ हजार ४ सय ६१ जना रहेका छन् । भने ६ हजार ८ सय ५० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् ।
शुक्रबार ४ सय २६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । त्यस्तै हालसम्म कोरोनाका कारण २२ जनाको मृत्यु भएको छ ।