×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

आइसोलेसनमा १८ घण्टासम्म खाना र पानी नपाएपछि नाराबाजी

८ असार २०७७

८ असार, सिरहा ।

सिरहामा आइसोलेसनमा राखेको १८ घण्टासम्म खाना र पानी नदिएको भन्दै संक्रमितले सोमबार नाराबाजी गरेका छन् ।

सदरमुकामको चन्द्र माध्यमिक विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा बसेका ७० जनालाई १८ घण्टापछि मात्र खाना दिएपछि आक्रोसित भएका उनीहरूले नाराबाजी गरेका हुन् । बिहान नास्ता र पिउने पानी व्यवस्थापन पक्षले नदिएपछि उनीहरुले नाराबाजी गरेका थिए ।

खाना नपाएपछि आफन्तलाई फोन गरेर घरबाटै खाजा मगाउने गरेको उनीहरूले बताएका छन् । पिउने पानी, खाजा र खाना समयमा दिन माग राख्दा व्यवस्थापन पक्षले कुनै वास्ता नगरेको आइसोलेसनमा बसेका एक जनाले बताए । आइतबार साँझ ६ बजे आइसोलेसनमा लगिएका संक्रमितहरुलाई आज (सोमबार) साढे १० बजेपछि मात्रै खाना दिइएको थियो ।

रातिदेखिनै पिउने पानी नपाएको उनीहरूले गुनासो गरे । विहान पनि समयमा खाजा र पानी नपाएपछि उनीहरू नाराबाजीमा उत्रिएका थिए । ‘तीन पटक खाने औषधी थमाइएको छ,’ एक संक्रमितले भने, ‘तर पिउने पानी र खाजा समयमा नपाउँदा औषधी खान पाइएको छैन् ।’

संक्रमितलाई सिटामोल, डक्सिसाइक्लिन, भिटामिन बि कम्पलेक्स, डाइजिन(एन्टासिड) लगायतका औषधी दिइएको छ । ती औषधी सेवन गर्न आवश्यक पर्ने खाना, खाजा र पानी आवश्यक भने छैन् । कतिपयले आइसोलेसनको बाहिरबाट पानी, खाजा, फलफूलहरु मगाउने गरेको बताए ।

समुदायमा संक्रमण नफैलियोस भन्दै आइसोलेसनमा राखिए पनि सुरक्षा भने निकै फितलो छ । सदरमुकामको बीच बजरमा रहेको आइसोलेसनमा समयमा खाजा, पानी र खाना उपलब्ध नहुँदा आफन्तले पुर्याउने क्रममा संक्रमण फैलिन सक्ने जोखिम बढेको स्थानीयहरुले बताएका छन् ।

उक्त आइसोलेसनको जिम्मा जिल्ला अस्पताल सिरहालाई दिइएको छ । जिल्ला अस्पताल प्रमुख डा. नागेन्द्रप्रसाद यादवले दुई पटक खाना खुवाउने टेण्डर भएकोले त्यसैअनुसार खुवाउने गरेको बताए । ‘खाना खुवाउने कुनै सेड्यूल छैन,’ डा यादवले भने, ‘विहान र बेलुका खाना दिने गरिएको छ ।

अरु समयमा मिले अनुसार खाजाको व्यवस्था हुन्छ ।’

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top