योगेन्द्र योगी
९ असार, दोहा ।
साउदीको रियादबाट दोस्रो चरणमा चार्टर उडानमार्फत ५ सय ६१ नेपालीलाई स्वदेश फर्काइने तयारी गरिएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार उनीहरुलाई २६ जुन २०२० मा नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत फर्काइने भएको हो। हवाई भाडादर ४ सय ६५ अमेरिकी डलर अर्थात् करिब १७ सय ४४ साउदी रियाल कायम गरिएको छ।
उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा तयार गरी नेपाल एयरलाईन्सको रियादस्थित आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको दूतावासले जनाएको छ ।
कोरोना परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्न र सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण दूतावासले अनुरोध छ ।
स्वदेश फर्किने सबैजनाले विमानमा चढ्नुपुर्व कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाईन लगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनी कागजातमा हस्ताक्षर गर्नुपर्ने छ । यसअघि साउदीबाट ३ वटा उडानमार्फत ४ सय नेपालीहरु स्वदेश फर्किसकेका छन्।