११ असार, काठमाडौं । विहिबार थप ४ सय ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ सय १२ जना डिस्चार्ज भएसंगै हालसम्म २ हजार ६ सय ५० जना संक्रमित उपचारपछि निको भएका छन् ।