१४ असार, काठमाडौँ ।
शनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकामा पनि आइपुगेको छ ।
आइतबार ललितपुरमा सलह प्रवेश गरेको विज्ञहरूले बताएका छन् । मनसुनको बेला भएकाले पानी परिरहेको र सलहको झुन्ड समेत सानो भएको भन्दै उनीहरूले किसानलाई नआत्तिन सुझाएका छन् । नार्कका कीटविज्ञ सुदीप उपाध्यायले सलहको प्रभाव कम गर्न दिउँसोको समयमा नेट (जाली) को प्रयोग गर्न आग्रह गरेका छन् ।
रातिको समयमा कृषिक्षेत्रमा सलह भेटिए रासायनिक मल प्रयोग गर्न सकिने उनको भनाइ छ । नेपालमा सलहले पार्न सक्न प्रभाव र रोकथामबारे रणनीति तयार पार्न कृषि मन्त्रालयमा कृषि तथा पशुपक्षी विज्ञहरुको बैठक जारी छ । कार्यदलको बैठकपछि नै थप विवरण सार्वजनिक गरिने बताइएको छ ।