प्रतिबन्धित लागु औषधसहित १ जना पक्राउ

प्रतिबन्धित लागु औषधसहित १ जना पक्राउ

१५ असार, झापा ।
झापाको गौरादह–४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका छन् ।

आइतबार साझँ साढे ६ बजे कमलगाउँपालिका–५ लवडाँडा स्थित राजमार्गमा मे ५ प ७५९८ नम्बरको मोटरसाईकलमा आएका भण्डारीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट २ ग्राम ९५ मिलिग्राम खैरोहिरोइन ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विशेष सुराकका आधारमा लागुऔषध ब्युरो काकँडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको हो । उनलाइ इलाका प्रहरी कार्यालय दमकमा राखी कानुनी कारबाही अगाडी बढाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.