×

NEPAL TIMES UPDATES

Playing
इ रानमाथिको आ क्रमण ५ दिन रोक्न ट्रम्पको निर्देशन, वार्ता सकारात्मक|| Nepal Times
Mar 23, 2026
Playing
रविको मु*द्दा फिर्ता लिने निर्णय विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा|| Nepal Times
Mar 23, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-09-2082 || Nepal Times
Mar 23, 2026
Playing
१५औं महाधिवेशन मिति तोक्न कांग्रेसले डाक्यो बैठक|| Nepal Times
Mar 23, 2026
Playing
यु द्ध कै बीच इरानको अत्यधिक कमाइ, खाडी देशहरू भने अप्ठ्यारोमा || Nepal Times
Mar 23, 2026
Playing
इरानले अमेरिकी एफ–१५ फाइटरलाई निशाना बनाएको हो ?|| Nepal Times
Mar 23, 2026
Playing
‘धागो’ बनेर एकता बुनेका रवि–बालेन बीच लुकेका जोखिमहरू || Nepal Times
Mar 23, 2026
Playing
माननीयहरुको तलबसहितको सुविधा कति हुन्छ ? बाटो खर्च र खाजापनि || Nepal Times
Mar 23, 2026
Playing
चुनाव सम्पन्न गर्न मौसमविदहरु पर्दा पछाडिको हिरो || Nepal Times
Mar 23, 2026
Playing
Pakistan मा शिया समुदाय किन भड्कियो ? || Nepal Times
Mar 23, 2026
Playing
World News: न्यूयोर्कमा क्यानडेली विमान दु र्घ टना, बिरालो पाल्न नपाउँदा आ त्म ह त्या || Nepal Times
Mar 23, 2026
Playing
होर्मुजबाट जहाजहरू पार गर्न २० लाख डलर असुल्दै Iran ? || Nepal Times
Mar 23, 2026
Playing
समुद्रबाटै इरानको कब्जामा पुगेका नेपालीको रिहाइको माग || Nepal Times
Mar 23, 2026
Playing
Top 15 Afternoon News || Mar-23-2026 || Nepal Times
Mar 23, 2026
Playing
कार्की आयोगको प्रतिवेदन किन लुकाइयो ? काँग्रेसले गर्यो शंका || Nepal Times
Mar 23, 2026
Playing
इरान र साउदीबीचको सम्बन्ध बिग्रियो, देशनिकालादेखि सम्झौता खारेजसम्म || Nepal Times
Mar 23, 2026
Playing
UAE, Kuwait र बहराइनमा नयाँ हम लाको ‘अलर्ट’, Iranमा ‘ब्ल्याकआउट’ || Nepal Times
Mar 23, 2026
Playing
विश्वभर रहेका नागरिकका लागि अमेरिकी एड्भाइजरी जारी || Nepal Times
Mar 23, 2026
Playing
रविलाई प्रधानमन्त्रीले भनिन् ‘ सम्हालिएर अघि बढ्नु’ || Nepal Times
Mar 23, 2026
Playing
फेज–१मा अमेरिका, फेज–२मा इरानको जितः फेज–३ मा तेहरानले घुँडा टेक्ला? || Nepal Times
Mar 22, 2026
Playing
ब्रिटिस एयरवेजमा उडानमै यात्रुको मृ त्यु भएपछि || Nepal Times
Mar 22, 2026
Playing
श्रम संकृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने || Nepal Times
Mar 22, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-08-2082 || Nepal Times
Mar 22, 2026
Playing
इ*रानले पहिलो पटक हान्यो ४ हजार किलोमिटर दूरीको मिसाइल|| Nepal Times
Mar 22, 2026
Playing
बालेन सरकारलाई लिपुलेकबाट मोदीको चेक || Nepal Times
Mar 22, 2026

विज्ञ भन्छन्– सलहको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून

१५ असार २०७७

१५ असार, चितवन ।

अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागकका प्रमुख प्राडा सुन्दर तिवारीका अनुसार सो प्रजातिका कीरालाई अण्डा पार्न वालुवाले ढाकेको ठूलो क्षेत्र र गर्मी मौसम आवश्यक पर्दछ । उनले भने– ‘त्यस्तो ठाउँ नेपालमा छैन । यस दृष्टिकोणले सो कीरा फैलिने सम्भावना कम रहेको छ ।’

Advertisement

वातावरणीय प्रभावका कारण थप अनौठो नभएमा सलह उपयुक्त प्रजनन् क्षेत्रतर्फ फर्किने अनुमान समेत गरिएको छ । उनले भने– ‘नेपालमा ती कीरा फट्याङग्रा भारतको राजस्थानबाट आएको हुन सक्छ । प्रजनन्का लागि यो पुनः त्यही फर्किने सम्भावना छ ।’ अफ्रिकाबाट सात हजार किलोमिटर पार गरेर कीरा आएको जस्तो नदेखिएको र अहिले आएका ती कीरा भारतको सो क्षेत्रकै भएको विज्ञले औल्याएका छन् । अहिले नेपालमा आएका सलह तेस्रो, चौथो र पाँचौँ चरणका भएको उनको भनाइ छ । सलहको आयु छैटौँ चरणसम्म हुने र ६ हप्ताको रहने बताइएको छ । सरसरर्ती हेर्दा अहिले आएका सलहमध्ये पाँचौँ थप एक हप्ता, चौथो डेढ हप्ता र तेस्रो दुई हप्ता मात्रै रहने अनुमान छ ।

प्रजनन्का लागि वयस्क कीरा फर्किने अनुमान गरिएको छ । धेरै आत्तिनुपर्ने अवस्था नरहेको तर पूर्वतयारी गर्नुपर्नेमा उनको जोड थियो । उनका अनुसार सलह साधारण फट्याङ्ग्रा प्रजातिको नै हो । यसको सिंग छोटो हुन्छ । यसको पछाडिको खुट्टा दह्रो र मोटो हुन्छ । यो कीरा समूहमा बस्न मन पराउँछ । उनले भने– ‘यसले जमिनको तल बालुवामा ६०–८० वटाको समूहमा अण्डा पार्दछ र यसको जीवनभरमा तीन पटकसम्म अण्डा पारेको रेकर्ड छ । १० देखि ६५ दिनमा अण्डाबाट बच्चाको स्वरुप लिन्छ ।’

सलहका बच्चा १ देखि ३ महिनामा पूर्ण वयस्क हुने, वयस्क चारदेखि पाँच महिनासम्म बाँच्ने, वयस्क कीरा लामो समयसम्म हावामा उड्न सक्ने र पाँच हजार किलोमिटरको यात्रा केवल १० दिनमा गर्न सक्ने उनको भनाइ छ । सलह कीरा एक ठाउँबाट अर्को ठाउँमा वा एक खेतबाट अर्को खेतमा गर्दै त्यहाँ उपलब्ध भएका सम्पूर्ण हरियो वनस्पतिहरु छोटो समयमा नै सखाप पारी खाइदिन सक्षम जीवको रुपमा लिइन्छ । एक दिनमा लगभग १३० किलोमिटरसम्म हुल बनाएर सलह हिड्ने बताइन्छ ।

संयुक्त राष्ट्रसङ्घको कृषि तथा खाद्य सङ्गठनको तथ्याङ्कअनुसार साधारणतय सो कीराले प्रति दिन दुई ग्रामसम्म खान सक्छ र एक किलोमिटरको हुलमा हुने सलहको करिब चारदेखि आठ करोड संख्याले ३५ हजार जनालाई एक दिनमा पुग्ने खाना नष्ट गर्न सक्छ भनेर घोषणा गरेको छ ।

सलह बढ्नुमा हाल भएको जलवायु परिवर्तनलाई महत्वपूर्ण कारण ठानिएको छ । यिनिहरुको जनसङ्ख्या आठ हजार गुणासम्म बढेको बताइन्छ । विगतमा पनि यसरी सलहको बढोत्तरी हुने गरेको पाइएको छ । वातावरणमा भएको सुख्खापनले यिनीहरुको जनसङ्ख्या ह्वात्तै बढेको र यसको प्रकोप लामो समयसम्म रहने र बढोत्तरी छिटो छिटो भएको जनाइएको छ ।

कतिपय देशले सहल नियन्त्रण गर्न हेलिकप्टरको सहायताले विषादी प्रयोग गरेको बताइन्छ । हाल प्रयोगमा आएका विषादीमा मालाथिएन र फेनिट्रोथियन प्रमुख छन् । वातावरणीय एवं स्वास्थ्यको दृष्टिकोणले राम्रा छैनन् तापनि बालिनाली जोगाउन सलह नियन्त्रणका लागि विषादी नै उपयुक्त ठहरिएको उनी बताउँछन् । तर विषादी प्रयोग गरिसकेपछि ती खाद्यान्न बालीमा विषादीको पर्खनुपर्ने अवधिलाई मध्येनजर गरी वाली भित्राउनुपर्दछ । विषादी प्रयोग गर्दा सकेसम्म सुरक्षित, सागुरा–प्रकृतिका एवं सिफारिस मात्रामा छर्नुपर्दछ । उनले सुझाव दिए– ‘विषादी छर्ने व्यक्तिले आफ्नो शरीरलाई पूर्णरुपमा ढाँकी मुखमा माक्स र चश्मा लगाएर मात्र छर्नुपर्दछ । घरायसी प्रयोगमा लगाइने बालीलाई जालीले एवं अलि ठूलो बारले ढाकेर राख्नुपर्दछ ।’

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकाल थन्काउन लायक वालीहरुलाई टिपेर वा काटेर तत्काल थन्क्याउन आग्रह गर्छन् । सानो जग्गा वा करेसावारीमा लगाइएका वाली एवं धानका व्याड आदीलाई हाल केही समय प्लास्टिक , झुल एवं स्याउलाले ढाकेर राख्नु उपयुक्त हुने उनको सुझाव छ ।

कीरा बसेका हाँगा तथा बिरुवालाई हल्लाएर र आवाज निस्कने चिजहरु बजाएर एवं पानीको फोहरा प्रयोग गरेर पनि यसलाई धपाउन एवं व्यवथापन गर्न सकिन्छ । विषादी प्रयोग गर्नुपर्ने अवस्थामा आफूलाई पायक पर्ने ठाउँका प्राविधिकको सल्लाह बमोजिम विषादी सुरक्षित र सिफारिस मात्रामा प्रयोग गर्न केन्द्रले अनुरोध गरेको छ ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top