१७ असार, विराटनगर ।
लायन्स क्लव अफ विराटनगर डाइनोले एक कार्यक्रमकाबीच बर्ष २०२०/२१ का पदाधिकारीलाई पद तथा कार्यभार हस्तान्तरण गरेको छ । क्लवका निवर्तमान अध्यक्ष राजन भगतले बर्ष २०२०÷२१ का अध्यक्ष विजय भगतलाई पद हस्तान्तरण गरेका हुन ।
पदभार ग्रहण गरेसँगै नवनिर्वाचित अध्यक्ष विजय भगतले निवर्तमान कार्यसमितिप्रति आभार प्रकट गर्दै आफ्नो कार्यकालमा पनि क्लवलाई उच्च राख्न सामाजिक कार्यमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । लायन्स क्लव विराटनगर डायनोको बर्ष २०२०÷२१ मा अध्यक्षमा भगतसँगै सचिवमा डा. दिक्षान्त पोखरेल र कोषाध्यक्षमा प्रवेश कुण्डलिया चयन भएका छन् ।
यसैबीच सोही कार्यक्रममा क्लवले मकालु टेलिभिजनका सहसम्पादक सन्तोष सिग्देलसहित दुई जना सञ्चारकर्मीलाई सम्मान गरेको छ । क्लवमार्फत आफुहरुले गरेका सामाजिक कार्य अगाडि बढाउन सहयोग गरेको भन्दै क्लवले सिग्देलसहित न्यू सृष्टि दैनिकका निर्मल ढुंगानालाई सम्मान गरेको हो ।