१८ असार, तुलसीपुर । दाङ जिल्लाको तुलसीपुरकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ भिडियोमा आएर आत्महत्या गरेकी छन् ।
तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी करिव २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले पुष्टी गरेका छन् ।
‘राति १ बजेर २५ मिनेटमा जानकारी पायौँ, घर पत्ता लगाउन मुस्किल प¥यो, अबेर उनको घरमा पुग्दा उनको मृत्यु भैसकेको थियो ।’, उनले भने, ‘उनी माइतीमा बस्दै आएको खुलेको छ ।’ बुवा आमा सबै भारतमा काम गर्न गएकाले उनी कोठामा एक्लै थिइन् ।’
उनी विवाहित रहेको र माइतीमा बस्दै आएको खुलेको छ । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
