×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

विद्यालयलाई एक करोड ३३ लाख सहयोग

२ बैशाख २०७५

बाबियाचौर, म्याग्दी, २ वैशाख ः रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविलाई प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा रु एक करोड ३३ लाख आर्थिक सहयोग प्राप्त भएको छ ।

विद्यालयको ५० औँ स्थापना दिवसको अवसरमा नेपाल, बेलायत, हङ्कङ, कोरिया, जापान, अमेरिका, साउदी, कतारका साथै पोखरा, काठमाडाँैमा रहेका पूर्व विद्यार्थीले संकलन गरेको रु एक करोड ३३ लाख शनिबार उपलब्ध गराइएको हो ।

स्वर्ण जयन्तीको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा बेगखोला कल्याणकारी समाजका अध्यक्ष योगकुमार फगामीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामार्फत व्यवस्थापन समितिका अध्यक्ष नरसिङ पुनलाई सो रकम उपलब्ध गराए ।

विसं २०२५ मा औपचारिक रुपमा स्थापना भएको विद्यालयको भवन पुरानो र जीर्ण भएकाले सुविधा सम्पन्न भवन निर्माण र गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालित सहयोग संकलन अभियान जारी रहेको एनआरएनए बेलायतका अध्यक्षसमेत रहेका फगामीले बताए ।

स्वर्ण जयन्तीको अवसरमा मन्त्री थापाले विद्यालय भवनको शिलान्यास गरे । कक्षा कोठा, कम्प्युटर, प्रयोगशाला, पुस्तकालय, प्रशासनिक कक्षसहितको १५ कोठे भवन निर्माण गर्ने योजना रहेको छ । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल १७० जना विद्यार्थी अध्ययनरत रहेका प्रअ धनबहादुर फगामी (विनोद)ले बताए।

यसअघि विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन, निजी स्रोतका शिक्षकलाई तलब, उत्कृष्ट शिक्षक, विद्यार्थीको प्रोत्साहनका लागि प्रवासीले रु ३२ लाखको अक्षयकोष स्थापना गरेका थिए । यसैगरी बेगखोला घर भई हाल बेलायतमा बस्दै आउनुभएका पदमबहादुर पुर्जाले नौ थान ल्यापटप सहयोग गरेका छन् । उनले यसअघि पाँच थान ल्यापटप उपलब्ध गराएका थिए ।

प्रवासमा रहेका बेगखोलावासीको अगुवाइमा चार वर्षअघि रु एक करोड २५ लाखको लागतमा बेगखोला बेग र तिप्ल्याङ बादुक सडक निर्माण भएको थियो । स्वर्ण जयन्तीको उद्घाटनपछि मन्त्री थापाले गाउँको विकासका लागि प्रवासमा रहेका बेगखोलावासीले उदाहरणीय काम गरेको बताए ।
स्वर्ण जयन्तीको अवसरमा चन्दादाता, पूर्व प्रध्यानाध्यापक र व्यवस्थापन समितिका पूर्व अध्यक्षलाई सम्मान गरिएको थियो ।
रासस

 

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top