×

NEPAL TIMES UPDATES

Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026

कतारमा ५० प्रतिशत कामदार राखेर कम्पनी खोल्न अनुमति

२२ असार २०७७

२२ असार, एजेन्सी ।
कतारमा बन्दाबन्दी खुकुलो बनाउन तेस्रो चरणमा सामुदायिक तथा निजी कम्पनीहरु ५० प्रतिशत कामदार राखेर खोल्न अनुमति दिइएको छ ।

ती कम्पनी खोल्न आवश्यकता अनुसार समय छुट्याइएको छ । यसले काममा जान नपाएका विदेशी कामदारलाई राहत हुने भएको छ । कोरोनाभाइरस संक्रमण फैलन नदिन कामदारहरुले कडा सुरक्षा नियम पालना गर्नुपर्नेछ । कतार सरकारले रेस्टुरेन्ट, समुन्द्र किनार, पार्क र मस्जिदहरु आंशिक खोल्न पनि अनुमति दिएको छ ।

बन्दाबन्दीलाई चार चरणमा हटाउने योजना अनुसार कतारको यो निर्णय आएको हो । गत हप्ता संकट व्यवस्थापन सम्बन्धि त्यहाँको उच्चस्तरीय समितिले १ जुलाईबाट संग्रहालय र पुस्तकालयहरु प्नि खोल्न दिने निर्णय गरेको थियो । तर सीमित क्षमता र सीमित समय मात्र खोल्ने अनुमति थियो ।

त्यसअघि गत महिना पहिलो चरणमा केही पसल तथा व्यापारिक केन्द्र खोल्न दिने निर्णय भएको थियो । अहिले तेस्रो चरणमा रेस्टुरेन्ट, पार्क र समुन्द्र किनार खोल्न दिएपछि त्यहाँ भिडभाड बढेको छ । लामो समयदेखि थुनिएका स्थानीय र विदेशी कामदार बाहिर निस्कन थालेका छन् ।

कतार गल्फ देशहरुमध्ये साउदी अरबियापछि दोस्रो धेरै प्रभावित मुलुक हो । कतारमा कूल संक्रमितको संख्या एक लाख नजिक पुगेको छ । त्यहाँ ९९ हजार ७९९ जना कूल संक्रमित छन् । तर निको हुने दर निकै उच्च छ । अहिलेसम्म ९२ हजार २८४ जना निको भएका छन् । १२८ जनाको भने मृत्यु भएको छ ।

उपचाररत संक्रमितको संख्या आठ हजार ६७३ छ । दैनिक संक्रमित भेटिने संख्या ५०० आसपास छ । २७ मेबाट त्यहाँ उपचाररत संक्रमितको ग्राफ तल झर्न थालेको हो । उक्त दिन सबैभन्दा बढी ३५ हजार ६३४ उपचाररत संक्रमित थिए । कोरोनाभाइरस संक्रमण नियन्त्रित अवस्थामा भएकै कारण कतारले बन्दाबन्दी हटाउन थालेको हो ।

तर, बाहिर निस्कन मास्क अनिवार्य गरिएको छ । पाँच जनाभन्दा बढी भेला हुन दिइएको छैन ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top