२२ असार, काठमाडौँ ।
नेपाल वायुसेवा निगमका ७ जनालाई कोरोना संक्रमण देखिएको छ ।
सोमबार आएको पीसीआर परीक्षण रिपोर्टमा चालक दलका ७ जनामा कोरोना पोजिटिभ देखिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनीहरु विदेशबाट नेपालीलाई ल्याउन गरिएको उद्धार उडानमा संलग्न चालक दलका सदस्य हुन् । निगमले उनीहरुलाई सोल्टी होटलमा बनाइएको क्वारेन्टाइनमा राखेको छ ।
यसअघि हिमालयन एयरलाइन्स क्याप्टेन र फ्लाइट एटेन्डेन्टलाई कोरोना देखिएको थियो ।