×

NEPAL TIMES UPDATES

Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026
Playing
IRAN-AMERICA-ISRAEL बीचको अपडेटः १० हेडलाइन || Nepal Times
Mar 12, 2026
Playing
World News: तेलको भाउ २ सय डलर पुग्ने, इराकको तेल भण्डार बन्द || Nepal Times
Mar 12, 2026
Playing
मध्यपूर्वको यु द्ध ले नेपालीलाई पीडा, एक सिलिन्डर ग्यास पाउन महाभारत || Nepal Times
Mar 12, 2026
Playing
खेलकुदमा यु द्धको छायाः इरानले विश्वकप फुटबल नखेल्ने?|| Nepal Times
Mar 12, 2026
Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026

अस्पतालमा स्वास्थ्य सावधानी अपनाउँदैनन् बिरामी र कुरुवा

२३ असार २०७७

२३ असार, काठमाडौँ ।

कोभिड–१९ का सङ्क्रमितसँगै अरु किसिमका बिरामीको उपचार गरिरहेको पाटन अस्पतालमा आउने बिरामी र कुरुवाले आवश्यक स्वास्थ्य सावधानी अपनाएको पाइएको छैन । अस्पतालमा पुग्दा कतिपय कुरुवा र बिरामी समूहमै बस्ने र माक्सको प्रयोग नगरेको देख्न सकिन्छ ।

अस्पतालको बहिरङ्ग विभाग, वार्ड र कतिपय विभागमा बिरामी समूह समूहमा बस्ने गरेका छन् । अस्पतालले ठाउँ ठाउँमा सामाजिक दूरी कायम गर्न भन्दै सन्देशमूलक सामग्री टाँसेको भए पनि बिरामी र कुरुवाले त्यसको पालना गरेको पाइदैन । कतिपयले माक्सको प्रयोग समेत नगरेको पाइएको छ । काठमाडौँ उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालको आइसोलेसन भरिएको छ । अरु स्वास्थ्य समस्या लिएर आउने पनि क्रमिक रुपमा बढिरहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा आउने बिरामीलाई कोभिडबाट बच्नका लागि के गर्नुपर्छ भन्ने जानकारी भए पनि बेवास्ता गरिरहेको निर्देशक डा.विष्णुप्रसाद शर्माले बताए । आमनागरिक सचेत नभएकोभन्दा पनि अटेरी भएको उनले बताए । दुई महिनासम्म बन्दाबन्दी किन भयो र हामीले यो रोगबाट बच्न के गर्नुपर्छ भन्ने धेरैलाई जानकारी छ । सञ्चारमाध्यमले पनि पटक–पटक हात धुनु, माक्स लगाउनु र सामाजिक दूरी कायम गर्नु भनिरहेको छ । लकडाउनको कारण धेरैले दुःख पाएको, काममा जान नपाएको र कतिपयले खान पाएनन् भन्ने धेरैले बुझेको उनको भनाइ थियो । उनले भने– ‘त्यो कुरा बुझेर पनि भीडभाड गरिरहेको देखिन्छ ।’

अस्पताल प्रशासनले भने आवश्यक स्वास्थ्य सावधानी अपनाएर सेवा सञ्चालन गरिरहेको छ । कोभिड र नन कोभिड सेवाका लागि छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ । कोभिड बिरामीलाई आवश्यक आइसोलेसन, आकस्मिक कक्ष, आइसियूलगायतको छुट्टै व्यवस्थापन गरिएको छ । अस्पतालले चिकित्सकलाई आवश्यक माक्स, पिपिईलगायतको स्वास्थ्य सुरक्षाका सामग्री दिएको र दूरी कायम गर्न भनिएको निर्देशक शर्माले बताए ।

पहिले १० देखि १२ जना डाक्टर बस्ने हलमा अहिले चार पाँच जना मात्रै बस्न भनिएको छ । आवश्यक टेबुललगायतका सामग्री छुट्टाछुट्टै व्यवस्था गरिएको उनले बताए । जचाउन आउने बिरामीलाई पनि एकएक जना गरी आउन भनिएको उनले बताए । उनले भने– ‘भीडभाड नगर्न भनिरहेका छौँ ।’

कोभिड र नन कोभिड दुईतिर गरेर छुटाएर सेवा दिँदा व्यवस्थापन गर्न सहज नभएको उनले बताए । जनशक्ति र आवश्यक सामग्री व्यवस्थापन केही गाहे छ । अस्पतालमा कोभिडको उपचार भएपनि सबै छुट्टाछुट्टै भएकाले सावधानी अपनाउँदा जोखिम छैन । उनका अनुसार अस्पतालले सेवा छुट्टाछुट्टै गरेको भनेपनि कतिपय गेटभित्रै आउन डराउने गरेको छन् । उनले भने– ‘सबैले डराउनेभन्दा पनि सचेत हुनुपर्छ ।’

अस्पतालले बन्दाबन्दीको शुरुदेखि नै कोभिड–१९ का सङ्क्रमितको उपचारसँगै नियमित सेवाका लागि आउने बिरामीको उपचार गरिरहेको छ । कोभिड–१९ का सम्भावित बिरामीलाई ‘आइसोलेसन श्यया’ मा राखेर उपचार गरिएको छ । अरु सबै किसिमका समस्या लिएर बिरामी अस्पताल आइपुग्ने गरेका छन् । बन्दाबन्दीले बिरामीलाई अस्पतालसम्म आउन सहज नभएकाले केही सङ्ख्या घटे पनि खुकुलो भएसँगै बिरामी बढीरहेको निर्देशक शर्माले बताए । उनले भने, ‘सामान्य अवस्थाभन्दा कम भए पनि सबै खालका बिरामी आइरहेका छन् ।’

अस्पतालले सङ्क्रमितलाई उसको अवस्थाअनुसार उपचारका लागि तयारी गरेको छ । रुघाखोकी र ज्वरोका कुनै पनि बिरामी अस्पताल पुगेपछि उसलाई छुट्टै राख्ने श्यया (आइसोलेसन वार्ड) को व्यवस्था गरिएको छ । यही श्ययामा बिरामीको परीक्षण हुने गरेको निर्देशक शर्माले बताए । परीक्षणमा पोजेटिभ देखिँदा ती व्यक्तिलाई राख्न अस्पतालको आइसोलेसनमा राखिन्छ ।

अस्पतालमा कोभिड–१९ सङ्क्रमित ४७ जना छन् । आइसोलेसनमा १५ जना छन् भने आइसियूमा सङ्क्रमित पाँच जना छन् । अस्पतालमा कोभिड–१९ का सङ्क्रमित र सम्भावित सङ्क्रमित राख्न व्यवस्था गरिएको श्यया भरिभराउ छन् । पहिले पिसिआर प्रविधिबाट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरिएकामा अहिले अस्पतालमै परीक्षण हुन थालेको छ । अस्पतालमा दैनिक दुई सयदेखि २५० जनासम्म पिसिआर परीक्षणका लागि आइरहेका छन् ।

अस्पतालको क्षमता सङ्क्रमित ४५, आइसोलेसनमा १५ र आइसियूमा २१ जना रहेको छ । अहिलेसम्मको अवस्थामा यसैले निरन्तरता पाउने र धान्न नसक्ने अवस्था आउँदा अर्को चरणमा जानुपर्छ । भयावहको अवस्था आउँदा सरकारले सिङ्गो अस्पताल नै कोभिड अस्पताल बनाउनुपर्छ ।

अस्पतालले कोभिड–१९ का सङ्क्रमित आउनु पहिलेदेखि नै आवश्यक तयारी गरिरहेको थियो । अहिले पनि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) बनाउने, अस्पताल हातामा निसङ्क्रमित गर्ने, गेटबाट नै स्वास्थ्य परीक्षणलगायतका काम अस्पतालले अहिले गरिरहेको छ ।

–सञ्चिता घिमिरे/रासस

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top