NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे शुक्रबार साउन २ , २०८२
सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने शुक्रबार साउन २ , २०८२
महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ? शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

अस्पतालमा स्वास्थ्य सावधानी अपनाउँदैनन् बिरामी र कुरुवा

मङ्लबार असार २३ , २०७७
Reading Time: 1 min read
A A
अस्पतालमा स्वास्थ्य सावधानी अपनाउँदैनन् बिरामी र कुरुवा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ असार, काठमाडौँ ।

कोभिड–१९ का सङ्क्रमितसँगै अरु किसिमका बिरामीको उपचार गरिरहेको पाटन अस्पतालमा आउने बिरामी र कुरुवाले आवश्यक स्वास्थ्य सावधानी अपनाएको पाइएको छैन । अस्पतालमा पुग्दा कतिपय कुरुवा र बिरामी समूहमै बस्ने र माक्सको प्रयोग नगरेको देख्न सकिन्छ ।

अस्पतालको बहिरङ्ग विभाग, वार्ड र कतिपय विभागमा बिरामी समूह समूहमा बस्ने गरेका छन् । अस्पतालले ठाउँ ठाउँमा सामाजिक दूरी कायम गर्न भन्दै सन्देशमूलक सामग्री टाँसेको भए पनि बिरामी र कुरुवाले त्यसको पालना गरेको पाइदैन । कतिपयले माक्सको प्रयोग समेत नगरेको पाइएको छ । काठमाडौँ उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालको आइसोलेसन भरिएको छ । अरु स्वास्थ्य समस्या लिएर आउने पनि क्रमिक रुपमा बढिरहेको अस्पतालले जनाएको छ ।

Advertisement

अस्पतालमा आउने बिरामीलाई कोभिडबाट बच्नका लागि के गर्नुपर्छ भन्ने जानकारी भए पनि बेवास्ता गरिरहेको निर्देशक डा.विष्णुप्रसाद शर्माले बताए । आमनागरिक सचेत नभएकोभन्दा पनि अटेरी भएको उनले बताए । दुई महिनासम्म बन्दाबन्दी किन भयो र हामीले यो रोगबाट बच्न के गर्नुपर्छ भन्ने धेरैलाई जानकारी छ । सञ्चारमाध्यमले पनि पटक–पटक हात धुनु, माक्स लगाउनु र सामाजिक दूरी कायम गर्नु भनिरहेको छ । लकडाउनको कारण धेरैले दुःख पाएको, काममा जान नपाएको र कतिपयले खान पाएनन् भन्ने धेरैले बुझेको उनको भनाइ थियो । उनले भने– ‘त्यो कुरा बुझेर पनि भीडभाड गरिरहेको देखिन्छ ।’

अस्पताल प्रशासनले भने आवश्यक स्वास्थ्य सावधानी अपनाएर सेवा सञ्चालन गरिरहेको छ । कोभिड र नन कोभिड सेवाका लागि छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ । कोभिड बिरामीलाई आवश्यक आइसोलेसन, आकस्मिक कक्ष, आइसियूलगायतको छुट्टै व्यवस्थापन गरिएको छ । अस्पतालले चिकित्सकलाई आवश्यक माक्स, पिपिईलगायतको स्वास्थ्य सुरक्षाका सामग्री दिएको र दूरी कायम गर्न भनिएको निर्देशक शर्माले बताए ।

पहिले १० देखि १२ जना डाक्टर बस्ने हलमा अहिले चार पाँच जना मात्रै बस्न भनिएको छ । आवश्यक टेबुललगायतका सामग्री छुट्टाछुट्टै व्यवस्था गरिएको उनले बताए । जचाउन आउने बिरामीलाई पनि एकएक जना गरी आउन भनिएको उनले बताए । उनले भने– ‘भीडभाड नगर्न भनिरहेका छौँ ।’

कोभिड र नन कोभिड दुईतिर गरेर छुटाएर सेवा दिँदा व्यवस्थापन गर्न सहज नभएको उनले बताए । जनशक्ति र आवश्यक सामग्री व्यवस्थापन केही गाहे छ । अस्पतालमा कोभिडको उपचार भएपनि सबै छुट्टाछुट्टै भएकाले सावधानी अपनाउँदा जोखिम छैन । उनका अनुसार अस्पतालले सेवा छुट्टाछुट्टै गरेको भनेपनि कतिपय गेटभित्रै आउन डराउने गरेको छन् । उनले भने– ‘सबैले डराउनेभन्दा पनि सचेत हुनुपर्छ ।’

अस्पतालले बन्दाबन्दीको शुरुदेखि नै कोभिड–१९ का सङ्क्रमितको उपचारसँगै नियमित सेवाका लागि आउने बिरामीको उपचार गरिरहेको छ । कोभिड–१९ का सम्भावित बिरामीलाई ‘आइसोलेसन श्यया’ मा राखेर उपचार गरिएको छ । अरु सबै किसिमका समस्या लिएर बिरामी अस्पताल आइपुग्ने गरेका छन् । बन्दाबन्दीले बिरामीलाई अस्पतालसम्म आउन सहज नभएकाले केही सङ्ख्या घटे पनि खुकुलो भएसँगै बिरामी बढीरहेको निर्देशक शर्माले बताए । उनले भने, ‘सामान्य अवस्थाभन्दा कम भए पनि सबै खालका बिरामी आइरहेका छन् ।’

अस्पतालले सङ्क्रमितलाई उसको अवस्थाअनुसार उपचारका लागि तयारी गरेको छ । रुघाखोकी र ज्वरोका कुनै पनि बिरामी अस्पताल पुगेपछि उसलाई छुट्टै राख्ने श्यया (आइसोलेसन वार्ड) को व्यवस्था गरिएको छ । यही श्ययामा बिरामीको परीक्षण हुने गरेको निर्देशक शर्माले बताए । परीक्षणमा पोजेटिभ देखिँदा ती व्यक्तिलाई राख्न अस्पतालको आइसोलेसनमा राखिन्छ ।

अस्पतालमा कोभिड–१९ सङ्क्रमित ४७ जना छन् । आइसोलेसनमा १५ जना छन् भने आइसियूमा सङ्क्रमित पाँच जना छन् । अस्पतालमा कोभिड–१९ का सङ्क्रमित र सम्भावित सङ्क्रमित राख्न व्यवस्था गरिएको श्यया भरिभराउ छन् । पहिले पिसिआर प्रविधिबाट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरिएकामा अहिले अस्पतालमै परीक्षण हुन थालेको छ । अस्पतालमा दैनिक दुई सयदेखि २५० जनासम्म पिसिआर परीक्षणका लागि आइरहेका छन् ।

अस्पतालको क्षमता सङ्क्रमित ४५, आइसोलेसनमा १५ र आइसियूमा २१ जना रहेको छ । अहिलेसम्मको अवस्थामा यसैले निरन्तरता पाउने र धान्न नसक्ने अवस्था आउँदा अर्को चरणमा जानुपर्छ । भयावहको अवस्था आउँदा सरकारले सिङ्गो अस्पताल नै कोभिड अस्पताल बनाउनुपर्छ ।

अस्पतालले कोभिड–१९ का सङ्क्रमित आउनु पहिलेदेखि नै आवश्यक तयारी गरिरहेको थियो । अहिले पनि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) बनाउने, अस्पताल हातामा निसङ्क्रमित गर्ने, गेटबाट नै स्वास्थ्य परीक्षणलगायतका काम अस्पतालले अहिले गरिरहेको छ ।

–सञ्चिता घिमिरे/रासस

लोकप्रीय

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२

विचार

थप समाचार

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने
अन्तर्राष्ट्रिय

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

मङ्लबार साउन ३ , २०७९
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.