२४ असार, बैतडी । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजबाट ३ दिनका लागि खुल्ने भएको छ ।
दुवै देशका स्थानीय प्रशासनको समन्वयमा तीन दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।
सीमामा फसेका नागरिकलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नका लागि र नेपालबाट भारत फर्कन चाहने भारतीय नागरिकका लागि सीमा नाका खोल्ने तयारी भएको हो ।
पेन्सन बुझ्ने नागरिकलाई दैनिक एक सय जनालाई मात्रै नाकाबाट भारत पस्न दिइने छ । यस्तै नाकाबाट फर्कने नागरिकलाई सामान्य चेकजाँच गरेर स्वदेश फर्काइनेछ ।
सीमा नाकामा २ सय जति नागरिक रहेको अनुमान गरिएको छ ।