२४ असार, काठमाडौँ ।
सरकारले तोकिएका अस्पतालबाहेकले कोरोना परीक्षणको शुल्क लिए कारबाही गर्ने चेतावनी दिएको छ ।
केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले कोरोना परीक्षण गरे बापत स्थानीय तहहरुबाट शूल्क लिइरहेको खवर आएकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च व्यहोर्ने भएकाले स्थानीय तहबाट पैसा नउठान आग्रह गरेको हो ।
मन्त्रालयले बुधबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको पीसीआर परीक्षणको सरकारको खर्चमा भइरहेको बताउँदै यदि कुनै पनि निकायले शुल्क लिइएको पाइए नियमानुसार कारबाही गरिने बतााए ।
केही दिन अघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाका कारण आम्दानी न्युन र खर्च बढी भएको भन्दै परीक्षण गरेबापत सरकारले तोकेको ५ हजार ५०० रुपैयाँका दरले रकम शोध भर्ना गर्न स्थानीय निकायलाई पत्र समेत पठाएको थियो ।